वैशाख ६, २०८१ बिहिबार April 18, 2024

आदिपुरुषको तेलुगु राइटस १७० करोडमा बिक्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः ‘बाहुबली’ स्टार प्रभासको स्टारडम अहिले पनि निकै ठूलो छ ।

‘बाहुबली’ रिलिज पछि दुई असफल फिल्मका बाबजुद उनको फ्यान फलोइङमा कुनै कमी आएको छैन । यहीकारण उनको आगामी र पहिलो फूल फ्लेज बलिउड फिल्म ‘आदिपुरुष’प्रति दर्शकको चासो बढ्दो छ ।

ओम राउत निर्देशित यो फिल्ममा प्रभास, कृति सेनन, सैफ अली खानलगायतको अभिनय छ । यो फिल्म अब रिलिज अघि नै नाफामा जाने भएको छ । फिल्म हिन्दी, तमिल, तुलुगु, कन्नड र मलयालम भाषामा रिलिज हुँदैछ ।

फिल्मको तेलुगु राज्यको थिएट्रिकल राइटस १७० करोडमा बिक्री भएको छ । यो फिलमको हिन्दी र बाँकी भाषाको थिएट्रिकल राइटस पनि बिक्रीको तयारीमा छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया