वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

इजरायलद्वारा सिरियका सैन्य स्थलमा आक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इजरायली युद्धक विमानहरूले आइतबार राति सिरियाको राजधानी दमास्कसमा रहेका सैन्य स्थलहरूमा रातभर आक्रमण गरेको सिरियाली सेनाले जनाएको छ ।

इजरायली हमला इजरायलले कब्जा गरेको गोलान हाइट्स माथिबाट गरिएको थियो जसले सिरियाली वायु प्रतिरक्षालाई  प्रभावित पारेको विज्ञप्तिमा उल्लेख छ। सो आक्रमणबाट केही मिसाइलहरू रोकिएको पनि बताइएको छ ।

यसैबीच सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स वार मनिटरले इजरायलले दमास्कस नजिकैको सैन्य स्थलहरूमा दुईवटा मिसाइल आक्रमण गरेको बताएको छ । बेलाइतमा रहेको वाचडग समूहले आक्रमणले दमास्कसको ग्रामीण इलाकाको हामेह क्षेत्रमा रहेको हवाई रक्षा आधार शिविर र दमास्कस अन्तरराष्ट्रिय विमानस्थलको वरपरका सैन्य स्थलहरूलाई निशाना बनाएको बताएको छ ।

पछिल्लो आक्रमणका साथ इजरायलले सन् २०२३ को  शुरिदेखि १७ पटक सिरियामा आक्रमण गरेको छ । ती  आक्रमणमा ४८ सैनिक मारिएका छन् भने २८ जना घाइते भएका छन् । वर्षौंदेखि इजरायलले सिरियामा इरान–समर्थित शिया लडाकुहरू बिरूद्ध आक्रमण गर्दै आएको छ । यसै बीच  इरानसँग सम्बन्धित लडाकुहरूका लागि हतियार ढुवानी गर्ने विमानस्थल  र सैन्य आधारहरूमा प्रहार गर्दै एको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया