जेठ ७, २०८१ सोमबार May 20, 2024

नक्कली भुटानी शरणार्थी प्रकरणः बालकृष्ण खाँड र टेकनाथ रिजालको बयान आजवाट सुरु हुदैँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा बालकृष्ण खाण र टेकनाथ रिजालको बयान आजवाट सुरु हुदैँछ ।

शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये तीन जनाको मात्रै बयान बाँकी रहेको अवस्थामा पुर्व गृहमन्त्री खाँड र भुटानी शरणार्थी नेता रिजालको आज बयान लिन लागिएको हो ।

सो प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री रायमाझी, पुर्व सांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष समशेर मियाँसँग काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले हिजाे बयान लिएका थिए ।

आज खाण, रिजाल र हरिभक्त महर्जनको बयान लिने कार्य आजवाट सुरु हुनेछ । महर्जनले हिजो मात्रै आत्मसमपर्ण गरेका थिए ।

सो प्रकरणमा मुछिएकाहरूकाे बयान गत जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया