वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

रूसद्धारा किभमा पुनः क्षेप्यास्त्र आक्रमण – तीनको मृत्यु, १० घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रुसले बिहीबार युक्रेनको राजधानी किभमा हवाई बमबारी गरेको छ । जसमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

गत मे महिनामा कीभमा १७ ड्रोन र मिसाइल हमला गरेको रुसी सेनाले राजधानीमा बिहानै देखि जमिनमा प्रहार गर्ने क्षेप्यास्त्र प्रहार सुरू गरेको थियो। पछिल्लो आक्रमणमा परेर अपार्टमेन्ट भवन, एउटा मेडिकल क्लिनिक, पानीको पाइपलाइन र कारहरूमा पनि क्षति पुगेको छ।

युक्रेनका जनरल स्टाफले रुसी सेनाले गरेको आक्रमणमा प्रयोग गरिएका १० वटा मिसाइललाई भने वायुसेनाले रोकेको बताए।क्षेप्यास्त्रहरूलाई छोटो दूरीको इस्कन्डर क्रुज र ब्यालिस्टिक मिसाइलको रूपमा पहिचान गरिएको थियो।

युक्रेनको वायु रक्षा प्रणाली रुसी ड्रोन र क्षेप्यास्त्रको आक्रमणलाई विफल पार्न थप प्रभावकारी साबित भइरहेको छ । तर,  पनि रूसी हतियार भग्नावशेष भवनहरूमा खस्दा तीनजनाले ज्यान गुमाउनु परेको छ ।

किभमा यसअघि पनि तीन जनाको ज्यान गएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद्लाई प्रभावकारी बनाए मात्र सङ्घीयता कार्यान्वयनमा सहजता : सभामुख
२०८१ वैशाख १४, शुक्रबार
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
२०८१ वैशाख १४, शुक्रबार
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
२०८१ वैशाख १४, शुक्रबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
२०८१ वैशाख १४, शुक्रबार
खेल क्षेत्रको बजेट बढाउन जरुरी : डा. महत
२०८१ वैशाख १४, शुक्रबार
हस्तकला व्यवसायले आयात प्रतिस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने : मन्त्री भण्डारी
२०८१ वैशाख १४, शुक्रबार