श्रावण १८, २०८३ सोमबार August 3, 2026

‘भुक्के चप्पल’मा सुरवीर, शारदा र नविनाको अभिनय

भुक्के चप्पल बोलको गीतको भिडियो रिलिज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः झापाली गायक सुजन शिवाकोटीको स्वर रहेको भुक्के चप्पल बोलको गीतको भिडियो रिलिज गरिएको छ । जसमा  गायक  शिवाकोटीकै शब्द तथा संगीत रहेको छ ।

सार्वजनिक गीतमा निरज खतिवडाको एरेन्ज, विषम आचार्यको मिक्सिङ तथा  मास्टरिङ रहेको गीतमा गायक शिवाकोटीसहित लोकप्रिय कलाकारहरु सुरवीर पण्डित, शारदा गिरी र नविना शिलवाल (खुईली)को अभिनय छ ।

भुक्के चप्पल गाउँले परिवेशको कथामा बनेको भिडियो हो । जसले प्रेम, कमेडी, लगायतका विषयवस्तुलाई समेटेको छ । भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् भने भिडियोको सम्पादन लोकप्रिय सम्पादक मिन रावलले गरेका हुन् । जसको कलरिङ पनि रावल स्वयमको रहेको छ । भिडियोको निर्देशन लेखराज तामाङले गरेका हुन् भने सह निर्देशन विकाश नेपालले गरेका हुन् ।

सामाजिक क्षेत्रमा काम गर्न रुचाउने गायक शिवाकोटी युवा व्यवसायी पनि हुन् ।  गायक शिवाकोटीले यसअघि हाम्रो जंगल नामक फिल्म, परिबन्ध, कान्छा २ , लगायतका सर्ट मूभी र म त परेँ नामक म्यूजिक भिडियोमा अभिनय गरेका छन् ।

भिडियाे हेर्नुहोस् :

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया