वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

आज प्रचण्डले बेलायती प्रधानमन्त्रीका ससुराको अफिस भिजिट गर्ने

शनिबार बिहान भरी नै ब्यस्त रहने प्रधानमन्त्री प्रचण्ड अपरान्ह १२ बजे पछि आफनो औपचारिक कार्यक्रम सम्पन्न गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चौथो दिनको बिहान पुरै ब्यस्त रहने छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री दाहाल आज बिहान १२ बजेसम्म ब्यस्त रहने भएका हुन । सो क्रममा उनले तीनवटा कार्यक्रम भ्याउने छन् ।

नयाँदिल्लीवाट हिजो महराष्ट्र आएका प्रधानमन्त्री दाहालले बिहान भरी सुचना प्रबिधि सम्बन्धी कार्यालयको अवलोकन भ्रमण गर्नेछन । जसअनुसार महाराष्ट्रस्थित टाटा कन्सेल्टेन्सी सर्भिसको भ्रमण गरे पछि सुचना प्रबिधि सम्बन्धि विश्व प्रसिद्ध संस्था इन्फोसिसको भ्रमण गर्नेछन भने त्यसपछि स्पेशल इकोनोमजी जोनमा आयोजित कार्यक्रममा सहभागी हुनेछन । स्मरण रहाेस, इन्फोसिस बेलायती प्रधानमन्त्री ऋषि सुनकका ससुरा एन एन नारायण मुर्तिको अफिस हो ।

शनिबार बिहान भरी नै ब्यस्त रहने प्रधानमन्त्री प्रचण्ड अपरान्ह १२ बजे पछि आफनो औपचारिक कार्यक्रम सम्पन्न गर्नेछन । त्यसपछि अनाैपचारिक हुने प्रधानमन्त्री दाहाल साँभः ४ बजे नेपाल एअरलाइन्सकाे  बिमानवाट स्वदेश आउने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इण्डियन प्रिमियर लिग : मुम्बईले पञ्जावलाई ९ रनले हरायो
२०८१ वैशाख ७, शुक्रबार
कर्मचारी कार्यसम्पादनको ‘राजनीति’ : श्यामप्रसाद मैनाली
२०८१ वैशाख ७, शुक्रबार
आज पनि बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल खुवाइँदै
२०८१ वैशाख ७, शुक्रबार
डिसहोम फाइबरनेटको ‘क्याच द बिग अफर’ सुरु
२०८१ वैशाख ७, शुक्रबार
गोकुल बास्कोटाको टिप्पणी : सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु !
२०८१ वैशाख ७, शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना: ३ जनाको मृत्यु, ३२ घाइते
२०८१ वैशाख ७, शुक्रबार
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेटवार्ता
२०८१ वैशाख ७, शुक्रबार