श्रावण १८, २०८३ सोमबार August 3, 2026

सन्तोष र विन्दुको स्वरमा सजिएको ‘ओ मेरो राजा जी’ बोलको गीतमा हट मोनिकासँग पुष्पको रोमान्स (भिडिओ)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गायक सन्तोष सुनार र गायिका विन्दु परियारको स्वरमा ‘ओ मेरो राजा जी’ बोलको गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । सन्तोष सुनारकै शब्द तथा कम्पोजमा तयार भएको यो गीतको भिडियोलाई निर्देशक विक्रम स्वारले डान्सिङ नम्बरमा तयार पारेका छन् । भिडियोमा जश्भिर स्वार र विक्रम स्वारको कोरियोग्राफी, मिलन श्रेष्ठको सम्पादन, नवराज उप्रेतीको छायांकन छ ।

भिडियोमा नायक पुष्प खड्का र मोडल मोनिका बुढाथोकीको रोमान्स हेर्न सकिन्छ । निर्देशक स्वारले पुष्प र मोनिकालाई आधुनिक शैलीमा नचाएका छन् । भिडियोमा मोनिका हट देखिएकी छिन् । उनीसँगै पुष्प पनि रोमान्टिक मुडमा भिडियोमा प्रस्तुत भएका छन् । गीतमा केटा र केटीले एक-अर्कालाई रानी र राजा भन्दै सम्बोधन गरेको सुन्न सकिन्छ ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया