मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

चार सन्तान हत्या आरोपमा २० वर्ष जेल बसेकी महिला निर्दोष प्रमाणित

अष्ट्रेलियाकी काथ्लिन फोल्बिग चार सन्तानको हत्यामा २० वर्ष जेल बसेपछि निर्दोष सावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अष्ट्रेलियाकी काथ्लिन फोल्बिग चार सन्तानको हत्यामा २० वर्ष जेल बसेपछि निर्दोष प्रमाणित भएकी छन्। उनका १९ दिनदेखि १९ महिनासम्मका सन्तानको १० वर्षबीचमा मृत्यु भएको थियो।

अष्ट्रेलियामा ‘अहिलेसम्मकै सबैभन्दा खराब सिरियल किलर’ भनिएकी महिलाले आफ्ना चार सन्तानको हत्या नगरेको नयाँ प्रमाणहरूबाट पुष्टि भएपछि रिहा भएकी छन्। काथ्लिन फोल्बिग नामकी ती महिलाले २० वर्ष जेलमा बिताइन्।

उनले एक दशकबीचमा आफ्ना चार सन्तान कलेब, प्याट्रिक, साराह र लाउराको हत्या गरेको त्यहाँको अदालतको ठहर थियो। तर, पछिल्लो अनुसन्धानमा ती बालबालिकाको प्राकृतिक रूपमा मृत्यु भएको पुष्टि भएको छ। ५५ वर्षीय फोल्बिगको यो मुद्दालाई अष्ट्रेलियामा न्यायको सबैभन्दा ठूलो पतनका रूपमा हेरिएको छ।

फोल्बिगले आफूलाई सधैँ निर्दोष बताउने गरेकी थिइन्। तर, उनलाई सन् २००३ मा २५ वर्षका लागि जेल पठाइएको थियो। उनका बच्चाको मृत्यु १९८९ देखि १९९९ को बीचमा भएको थियो र ती १९ दिनका देखि १९ महिनाका थिए।

सन् २०१९ मा गरिएको छुट्टै सोधपुछमा उनीमाथि शंका गर्नुपर्ने उचित आधार र कारण फेला नपरेपछि परिस्थितिजन्य प्रमाणलाई महत्त्व दिइएको थियो। तर, सेवा निवृत्त न्यायाधीश टोम बाथुर्स्टको नेतृत्वमा भएको टोलीले नयाँ अनुसन्धानमा पत्ता लगाइएको जिन उत्परिवर्तनको कारणबाट मृत्यु भएको विषयलाई स्वीकार गरेको थियो।

न्यु साउथ वेल्स महान्यायाधिवक्ता माइकल डिलेले सामेबार घोषणा गरेका छन् कि, बाथुर्स्ट निष्कर्षमा पुग्नुको पछाडि उनी प्रत्येक घटनामा दोषी हुन् भन्ने कारणसहितको आशंका थियो। त्यसैले न्यु साउथ वेल्स सरकारले तत्कालै उनलाई रिहा गर्न आदेश दिएको पनि डिलेले बताएका छन्। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार