काठमाडौंः गायक देवेन्द्र बरालको स्वर रहेको ‘माया गर्छु म’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
डिपी खनालका शब्द तथा गायक बरालकै संगीत रहेको सार्वजनिक गीतमा बच्छा यादवको एरेन्ज, कुमार केसीको मिक्सिङ तथा मास्टरिङ रहेको सार्वजनिक गीतमा मोडलद्धय मिस पवी र कृष्ण श्रेष्ठको अभिनय रहेको छ ।

भिडियोले एकोहोरो मायामा परेका प्रेमीको माया र त्यागलाई देखाउन खोजेको छ । प्रेमीले प्रेमिकाको वर्णन गरेर नथाकेको गीतले एकोहोरो मायामा डुब्ने प्रेमीको सफा मन भित्र पलाएको मायालाई निर्देशक शिशिर खातीले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।
सार्वजनिक गीतमा दाबा तामाङको कोरियोग्राफी रहेको छ भने शंकल भुजेलको छायाकंन तथा मनोज कार्कीको सम्पादन रहेको छ । भिडियो निर्देशक खातीकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।
भिडियो हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया