कार्तिक २९, २०८३ आइतबार November 15, 2026

दोस्रो चरणको चक्रपथ सडक विस्तार आयोजना छिटै सुरु हुन्छ : मन्त्री ज्वाला

चीन सरकारले डिपिआर बनाएर छिटै टेन्डर गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले दोस्रो चरणको चक्रपथ सडक विस्तार आयोजनाको निर्माण छिटै सुरु हुने बताएका छन् ।

मंगलबार दोस्रो चरणको चक्रपथ सडक विस्तार आयोजना अन्तर्गत काठमाडौंको कलंकीदेखि बसुन्धारासम्मको सडकखण्ड निरिक्षण गर्दै मन्त्री ज्वालाले उक्त आयोजना छिटै सुरु हुने बताए । उनले कलंकीदेखि बसुन्धारासम्मको ८ दशमवल २ किमि सडकका सरकारले गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न गरेको र चीन सरकारले डिपिआर बनाएर छिटै टेन्डर गर्ने जानकारी दिए ।

मन्त्री ज्वालाले दोस्रो चरणको चक्रपथ सडक विस्तार आयोजनाको काम छिटो सुरु गर्ने गरि तयारी गर्न आग्रह गरिएको बताए । उनले उक्त सडकखण्ड अन्तर्गत ढुङ्गेधारा, गंगबु र बसुन्धारामा सडकका साथै अण्डरपास बनाउनका आग्रह गरेको र चिनिया राजदूतबाट सकारात्मक जवाफ प्राप्त भएको उल्लेख गरे ।

अनुगमनमा नेपालका लागि चिनिया राजदूत लगाएत सरोकारवाला निकायका अधिकारीहरुको पनि उपस्थीति रहेको थियो । चीन सरकारको अनुदानमा निर्माण भइरहेको चक्रपथ सडक विस्तार अन्तर्गत पहिलो चरणको कोटेश्वरदेखि कलंकीसम्मको विस्तारको काम सम्पन्न भइसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारले नागरिकका पक्षमा काम गरोस् : महामन्त्री पौडेल
२०८३ कार्तिक २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ दान
२०८३ कार्तिक २९, आइतबार
कोप-३१ मा सहभागी भई अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता
२०८३ कार्तिक २९, आइतबार
तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
छठ पर्वमा स्थानीयसँगै रमाए गगन थापा, ढाकी बोकेर गरे पूजाआजा
२०८३ कार्तिक २९, आइतबार