काठमाडौं : समीक्षा अधिकारी र गोकुल खरेलको स्वर रहेको ‘ए सुवा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । इन्जिनियर सागर खरेलका शब्द, दीपक शर्माको सङ्गीत रहेको गीतमा उदय राज पौडेलको एरेन्ज रहेको छ । जसमा मोडलद्वय समारिका दाहाल र जोन बमको अभिनय रहेको छ ।
सुदूरपश्चिमको मौलिक भाषामा आधारित प्रेमिल सम्बोधन हो ‘ए सुवा’ त्यस्तै प्रेमीकाले प्रेमीलाई ‘ए साई’ भन्छन् । कञ्चनपुरका गायक गोकुलले ‘ए सुवा’ मार्फत एक जोडीको रमाइलो प्रेम कथा देखाउन खोज्नुभएको छ।
ए सुवामार्फत् प्रेमील जोडीको रोमाञ्चक प्रेम कथालाई कलात्मक रूपमा भिडियोमा निर्देशक उत्तम श्रेष्ठ शिशिरले प्रस्तुत गर्नुभएको छ। गायक गोकुल हाल व्यवसायको सिलसिलामा जापानमा हुनुहुन्छ ।
गायक गोकुलले यसअघि फुलेको फूल, सिकाउँदै छ केही, उडाइलगेछ, आधा परान, कहाँ थियौँ, हामी स्वास्थ्यकर्मी, राष्ट्रिय गीत गुन्द्रुक ढिँडो, भमरा लगायतका एक दर्जन बढी गीत बजारमा ल्याइसक्नुभएको छ।
भिडियो हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया