कार्तिक २९, २०८३ आइतबार November 15, 2026

अनुदानको मलमा दुरुपयोग भएको छ, किसान सचेत हुनुहोला : मन्त्री भुसाल

मलको दुरुपयोग रोक्न मातहतका निकायहरुलाई निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले किसानहरुले पाउने मलको अनुदानमा दुरुपयोग भएको भन्दै सचेत रहन आग्रह गर्नुभएको छ ।

सोमवार २० औँ राष्ट्रिय धान दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले किसानहरुका लागि दिइने मलको अनुदानमा दुरुपयोग हुने गरेको बताउनुभएको हो । उहाँले अनुदानको मल गैर किसानले लिने गरेको थाहा पाएको भन्दै यसको निम्ति स्वयं किसानपनि सचेत हुनुपर्ने बताउनु भयो । उहाँले किसानहरुलाई अनुदानको मलको खोजि गर्न आग्रह पनि गर्नुभयो । उहाँले मलको दुरुपयोग रोक्न मातहतका निकायहरुलाई निर्देशन समेत दिनुभयो ।

उहाँले भन्नुभयो – ‘मलको वितरणमा बेथिति सहकारीहरुमा पुगेपछि हुँदोरहेछ । सहकारीमा जाँदासम्मको लागि हाम्रो एउटा सफ्टवेयर बनेको रहेछ । कृषि सामग्री कम्पनीले बनाएको । त्यसले त्यहाँसम्म पुगेको पत्ता लगाउने । त्यहाँबाट तल वितरण कसरी हुन्छ त्यसको व्यवस्थित जानकारी प्राप्त गर्न गाह्रो रहेछ । बुझ्दै जाँदा किसानलाई दिएको अनुदानको मल गैर किसानले प्रयोग गरेको पनि पाइयो । खासगरी प्लाइउड कारखानाहरुले यसको प्रयोग गरिरहेका छन् । तिनीहरुले गर्नु हुने कि नहुने एउटा प्रश्न ? कतिपयले के भन्छन् भने त्यो पनि कृषिजन्य नै उद्योग हो नि पनि भन्दा रहेछन् । त्यसो भयो भने यो संसारमा कृषि भन्दा बाहिरको उद्योग त केही पनि हुँदैन ।

काठको उद्योगलाई कृषिको उद्योग भन्ने, फलाम पनि माटो मुनि बाटै निस्किन्छ भन्ने होला । कपडा कपासबाट धागो बनाएर कपडा कारखाना चल्छ । सबै कृषिजन्य हुनेभयो । कृषिका निम्ति, कृषकका निम्ति भनेर ल्याइएको मल अथवा कृषकका लागि भनेर दिइएको अनुदान गैर कृषकलाई गएको कुरालाई कसरी बन्देज लगाउने ? अथवा कसरी त्यसलाई नियन्त्रण गर्ने भन्ने सवाल एउटा गम्भिर सवालको रुपमा देखिदो रहेछ । मैले नयाँ कुरा सुनेको छु कोकाकोलाले पनि रासायनिक मल खासगरी युरिया मल प्रयोग गर्छ भन्ने सुनेको छु । कोकाकोला बनाउँदा जुन फोहोर हुन्छ, त्यो फोहोर नष्ट गर्नको निम्ति युरियाको प्रयोग हुन्छ भन्छन् । मलको दुरुपयोग भएको छ किसानहरु तपाईहरु पनि सचेत भएर यसको खोजी गर्नुहोस् भनिदिनु पर्ने भयो । र हाम्रा विभिन्न निकायहरुले पनि यो काम गर्नुपर्ने भयो ।’

उहाँले रासायनिक मलको प्रयोग कृषिको प्रयोजनबाहेक पनि हुने गरेको भन्दै त्यसलाई पनि रोक्नुपर्ने बताउनु भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारले नागरिकका पक्षमा काम गरोस् : महामन्त्री पौडेल
२०८३ कार्तिक २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ दान
२०८३ कार्तिक २९, आइतबार
कोप-३१ मा सहभागी भई अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता
२०८३ कार्तिक २९, आइतबार
तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
छठ पर्वमा स्थानीयसँगै रमाए गगन थापा, ढाकी बोकेर गरे पूजाआजा
२०८३ कार्तिक २९, आइतबार