असार २५, २०८२ बुधबार July 9, 2025

नुवाकोटमा दोस्रो राष्ट्रिय कविता महोत्सव हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदु्र । नुवाकोट जिल्लामा दोस्रो राष्ट्रिय कविता महोत्सवको आयोजना गरिने भएको छ । लामो समयदेखि साहित्यिक क्षेत्रमा योगदान पुर्याउँदै आएको नुवाकोट साहित्य प्रतिष्ठानको आयोजना दोस्रो कविता महोत्सव आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलले जानकारी दिनुभयो ।

विदुरमा पत्रकार सम्मेलन मार्फत कार्यक्रमको जानकारी गराउँँदै प्रतिष्ठानले महोत्सव सबैभन्दा ठुलो पुरस्कार राशीसहितको हुने पनि जनाएको छ । अध्यक्ष गजुरेलका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई ५०हजार सहित प्रमाणपत्र, दोस्रो हुनेलाई ३० हजारसहित प्रमाणपत्र तेस्रो हुने दुई जनालाई २० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने छ ।

कार्यक्रममका लागि देशभरिबाटप्राप्त कविता संकलन गर्ने र छनोटमा परेका कविताहरुलाई प्रतियोगितामा सहभागिता गराईने अध्यक्ष गजुरेलले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

यस्तै प्रतियोगितासम्पन्न गर्नका लागि अध्यक्ष गजुरेलको संयोजकत्वमा आर्थिक संकलन उपसमिति ,मुलुकदराज अर्यालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र सुमित्रा सुमिको संयोजकत्वमा प्रतियोगि समन्वय उपसमिति गठन गरिएको छ । प्रतियोगिता मंसिर १५ गते विदुरमा आयोजना गरिने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार