असोज २३, २०८३ शुक्रबार October 9, 2026

१ दर्जन बढी डिभाइस सार्वजनिक गर्ने तयारीमा एप्पल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः एप्पलले आउँदो केही महिनामा नै एक दर्जनभन्दा बढी डिभाइस सार्वजनिक गर्ने तयारी गरिरहेको छ । ब्लुमबर्गमा प्रकाशित एक लेखका अनुसार कम्पनीका १५ नयाँ डिभाइस सार्वजनिक हुने क्रममा छ ।

यस अन्तर्गत म्याक, आईप्याड, आईफोन, एप्पल टिभी देखि लिएर एप्पल वाचसम्म रहेका छन् । लेखका अनुसार २०२३ को अन्त्यमा एप्पलले एप्पल वाच सिरिज ९ को दुई नयाँ मोडेल, एप्पल वाच अल्ट्राको दोस्रो संस्करण र आईफोन १५ सिरिज सार्वजनिक गर्नेछ ।

यस्तै सन् २०२४ को सुरुवातमा कम्पनीले एमथ्री प्रो र एमथ्री म्याक्स चिप सहित नयाँ १४ र १६ इन्चको म्याकबुक प्रो सार्वजनिक गर्नेछ । साथै एमथ्री चिप सहितको १३ इन्चको म्याकबुक पनि सार्वजनिक हुनेछ ।

म्याक​बुक एयरका दुई नयाँ २४ इन्चको मोडल पनि सार्वजनिक हुने बताइएको छ । कम्पनीले दुई नयाँ आईप्याड प्रो पनि सार्वजनिक गर्नेछ भने तेस्रो जेनेरेसनको एयरपड्स प्रो पनि बजारमा आउने तयारीमा छ । नयाँ फिचरसहित एप्पल टिभी पनि सार्वजनिक हुनेछ । यद्यपि एप्पलको भिजन प्रो हेडसेटको नयाँ मोडेल भने सन् २०२५ भन्दा अगाडि सार्वजनिक हुने बताइएको छ।टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्रोच जनता पार्टीको आन्दोलन चर्कियो, दिल्लीमा २० हजारभन्दा बढी प्रहरी तैनाथ
२०८३ असोज २३, शुक्रबार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
२०८३ असोज २३, शुक्रबार
उखु किसानलाई एक अर्ब ५० करोड अनुदान
२०८३ असोज २३, शुक्रबार
शिक्षा नियमावलीः शिक्षकलाई गाडी किन्न सहुलियत
२०८३ असोज २३, शुक्रबार
अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्रसेवकका परिवार
२०८३ असोज २३, शुक्रबार
अस्ट्रेलियाको न्यु साउथ वेल्सका प्रिमियर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
२०८३ असोज २३, शुक्रबार
आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला, नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो
२०८३ असोज २३, शुक्रबार