श्रावण १९, २०८३ मंगलबार August 4, 2026

चर्चित रकगायक रविन तामाङ रहेनन्

रकगायक एवम् अभिनेता रविन तामाङको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चर्चित नेपाली रकगायक एवम् अभिनेता रविन तामाङको निधन भएको छ। पारिवारिक स्रोतका अनुसरा गायक तामाङको मंगलबार बेलुका निधन भएको हो।

मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा निधन भएका रविनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।

प्रहरी प्रभाग बुढानिलकण्ठका इन्सपेक्टर दीपेन्द्र चन्दले गायक तामाङकी दिदी भगवतीले प्रहरीलाई ६ बजे खबर गरेको र सोहीअनुसार बुढानिलकण्ठ-५ चिसेनीस्थित उनको घरमा पुगेको बताए।

रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्टसमेत रहेका रविन पछिल्लो समय चलचित्र अभिनयमा समेत व्यस्त थिए।

सिंगापुरमा जन्मिएका लाहुरे परिवारका रविनको पछिल्लो फिल्म ‘छड्के-२’ हो। नेपाली रक जनराको गीतको विकासमा उनको योगदान उल्लेख्य मानिन्छ।

सिंगापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए। सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन्।

उनले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा अभिनय गरेका छन् । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो जहाँ उनी ग्याङस्टर रोलमा थिए।

उनले हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया