काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा आफूले बोल्दै नबोलेको कुरालाई उचालेर बबण्डर गर्न खोजिएको जिकीर गरेका छन् ।
यसबाट विपक्षीहरुमा कति पूर्वाग्रह छ भन्ने देखिने बताउँदै उनले त्यसबाट केही नहुने बताए ।
बुधबार अखिल क्रान्तिकारीको स्ववियु काउन्सिलको भेलामा बोल्दै प्रधानमन्त्री प्रचण्डले सोमबार दिएको अभिव्यक्तिलाई लिएर अहिले विपक्षीहरूले बबण्डर गर्न खोजेको आरोप लगाएका हुन् ।
उनले एउट किताब विमोचन गर्दै गर्दा आफूले बोलेको कुरा आफ्नो नभइ प्रितमसिंहको बारेमा बोलेको दाबी बताए ।
उनले भने, ‘उहाँको बारेमा भनेको कुरालाई उचालेर अहिले बबण्डर गर्न खोजिएको छ। त्यो बेलुन पनि छिट्टै फुट्नेवाला छ। त्यसले केही हुनेवाला छैन। त्यसले के देखिन्छ भने हाम्रा विपक्षीहरुमा कति धेरै पूर्वाग्रह र विक्षिप्त छ भन्ने कुरा देखिन्छ। तर, हामी दृढताका साथ आफ्नो मिसनमा अगाडि बढेका छौं ।’
असार १८ गतेको कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको बताएका थिए। उनको अभिव्यक्तिको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतले विरोध गर्दै आएका छन् ।
उनले भने, ‘आज म सुन्दैछु एउटा किताब विमोचन गर्दै गर्दा मैले बोलेको । उनले बोलेको कुरा मैले बोलेको। मेरो कुरा होइन। उनले बोलेको मैले भने उहाँ सेवा र यातायातको क्षेत्रमा मात्रै होइन। राजनीतिमा पनि उहाँले चासो राख्नुहुन्छ। उहाँले मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नुहुन्छ, कहिले कहाँ ? कहिले दिल्ली, कहिले नेपालको पार्टीहरुसँग छलफलमा लाग्नुहुन्थ्यो ।’
उक्त अभिव्यक्तिलाई उचालेर बबण्डर गर्न खोजिएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसबाट प्रतिपक्षी कति विक्षिप्त छ भन्ने देखिएको टिप्पणी गरे ।
उनले थपे, ‘त्यसले के देखिन्छ भने हाम्रा विपक्षीहरुमा कति धेरै पूर्वाग्रह र विक्षिप्त छ भन्ने कुरा देखिन्छ। तर, हामी दृढताका साथ आफ्नो मिसनमा अगाडि बढेका छौं ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया