काठमाडौं : सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । नाइनएनए–एमभी कलसाइन भएको हेलिकप्टर मंगलबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएको मनाङ एयरले जनाएको छ ।
हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् । सवार ५ यात्रु विदेशी नागरिक रहेका छन् । उक्त हेलिकप्टरको खोजीकार्य भइरहेको छ । साथै स्याटेलाइट माध्यमबाट पनि सम्पर्कको प्रयास भइरहेको छ । हेलिकप्टर दुर्घटनामा परेको हो या कतै अवतरण भएको हो एकीन हुन सकेको छैन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया