श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

यसरी मनाईयो संविधान दिवस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मुलुका संघीय संविधान जारी भएको तीन वर्ष पुरा भएको छ । नेपालको संविधानजारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार मुलुकभरसंविधान संविधान दिवस मनाईएको छ ।

संविधान दिवसका अवसरमा राजधानीको टुँडीखेलमा एक भव्य कार्यक्रमको आयोजना गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेकोसंविधान दिवस मूल समारोह समितिले आज बिहान सैनिक मञ्च टुँडीखेलमा विशेष समारोहआयोजना गरेको थियो ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाकाअध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता,सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

समारोहमा पुष्पवृष्टि, संविधान दिवस–२०७५ अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी,

नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्नजातजातिको वेशभूषा झल्कने झाँकी. प्रदर्शन, काठमाडौँ र ललितपुर महानगरपालिकाबाटविशेष झाँकी प्रदर्शन गर्नुका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा विभिन्न

कार्यक्रम गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै प्रधानमनत्री केपी शर्मा ओलीले नयाँसंविधान जारी भएसँगै मुलुक आर्थिक समृद्धिको यात्रामा अघि बढेको उल्लेख गर्नुभयो ।

उहालेवर्तमान सरकार संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक विकासको बाटोमा अघि बढाउनउद्धत रहेको बताउनुभयो । यसैबीच राजधानी बाहिरका प्रदेशका राजधानी, जिल्ला र स्थानीयतहमा सरसफाइ, प्रभातफेरी, खेलकुद, प्रवचन गोष्ठी, साहित्यिक गोष्ठी, साँस्कृतिक कार्यक्रमर विभिन्न झाँकी प्रदर्शनी गरिनाका साथै असोज २, ३ र ४ गते दीपावली गरिने छ ।

सरकारले संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा ३३ सदस्यीय मूल समारोहसमिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संयोजकत्वमा प्रचारप्रसार उपसमिति रकामपाको संयोजकत्वमा मञ्च सजावट व्यवस्था उपसमिति गठन गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेकपा नेता पुनले भेट प्रधानमन्त्री शाह, राेल्पा पहिराेबारे गराए ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
स्वदेशकै श्रमबजारलाई आकर्षक बनाउनुपर्छः मन्त्री यादव
२०८३ श्रावण २९, शुक्रबार
‘कांग्रेस एकजुट बनाउन राष्ट्रिय भेला’ : पूर्वमहामन्त्री कोइराला
२०८३ श्रावण २९, शुक्रबार
सुदूरपश्चिमका मुख्यमन्त्री र एमालेका चार मन्त्रीले लिए शपथ
२०८३ श्रावण २९, शुक्रबार
जेन–जी आन्दोलनका घाइते तथा सहिद परिवारसँगको सम्झौता कार्यान्वयनका लागि सहजीकरण समिति गठन
२०८३ श्रावण २९, शुक्रबार
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो: सभामुख अर्याल
२०८३ श्रावण २९, शुक्रबार
दूरसञ्चार सेवाको गुणस्तर सुधार र दुर्गममा पहुँच विस्तार गर्न सञ्चारमन्त्रीको कडा निर्देशन
२०८३ श्रावण २९, शुक्रबार