कार्तिक २९, २०८३ आइतबार November 15, 2026

भुटानी शरणार्थी प्रकरणमा १५ लाख धरौटीमा छुटेका तुलाधर बालुवाटार जग्गा प्रकरणमा पक्राउ

तुलाधार पक्राउ परेसँगै बालुवाटार जग्गा प्रकरणमा २० जनाको थुनछेक आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नक्कली भुटानी शरणार्थी प्रकरणमा १५ लाख धरौटीमा छुटेका केशव तुलाधर बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका छन्। जिल्ला अदालत काठमाडौंबाट १५ लाख धरौटी बुझाएर छुटे लगतै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो।

गत बिहीबार काठमाडौं प्रहरी परिसरले नक्कली शरणार्थी प्रकरणमा फरार रहेका तुलाधरलाई पक्राउ गरेको थियो। जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले आइतबार उनीसँग १५ लाख धरौटी माग गरेको थियो।

तुलाधारको नाममा ललिता निवासको २ रोपनि जग्गा देखिएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए। तुलाधार पक्राउ परेसँगै बालुवाटार जग्गा प्रकरणमा २० जनाको थुनछेक आदेश भएको छ।

यी मध्ये तुलाधरसहित ३ जना धरौटीमा छुटेका छन्। तुलाधर १५ लाख, टंक गुरुङ १० लाख र लक्ष्मी महर्जन ५ लाख धरौटीमा छुटेका हुन्। अरु १७ जना भने पुर्पक्षका लागि थुनामा छन्।

११ जना भने अझै फरार छन्। प्रहरीले बालुवाटार जग्गा प्रकरणमा दोस्रो चरणको अनुसन्धान थाल्ने भएपनि महिनौं बित्दा पहिलेकै प्रतिवादी पक्राउ गर्न सकेको छैन।

अझै रामबहादुर थापा बादलका छोरा प्रतिक, इन्द्रजि राइका छोरा निरज लगायत फरार छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १५४ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार