असार २४, २०८२ मंगलबार July 8, 2025

विषयगत समितिको निर्वाचन कार्यक्रम सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, केही समयदेखि रोकिएको प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ ।

निर्वाचन यही असोज ५ गते शुक्रबार ११ बजेदेखि शुरु गरिने संघीय संसद सचिवालयले जनाएको छ । यसअघि दुईपटक निर्वाचन प्रक्रिया स्थगित भएका थिए ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीद्वारा जारी विज्ञप्तिका अनुसार निर्वाचन प्रक्रियाअन्तर्गत भोलि बिहीबार प्रतिनिधिसभाका सम्बन्धितसमितिको कुनै सदस्यलाई सभापति पदमा निर्वाचित गरियोस् भनी कुनै अर्काे सदस्यले समर्थनसहित प्रस्ताव दर्ता गराउनुपर्ने छ ।

दर्ता गराउने समयसीमा बिहान ११ बजेदेखि ५ बजेसम्म निर्धारण गरिएको छ । यसपछि सचिवालयले दर्ता भएका प्रस्तावको दर्ताक्रमअनुसार सूची प्रकाशन गर्नेछ ।

शुक्रबार बिहान ११ बजेदेखि सम्बन्धित समितिका बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावलाई समर्थन गर्ने र प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभाअन्तर्गत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास र प्रविधि, शिक्षा र स्वास्थ्य र सार्वजनिक लेखा समिति रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार