श्रावण १९, २०८३ मंगलबार August 4, 2026

कलाकारको वेदना समेटिएको म्युजिक भिडियो ” ब्यथा” सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गीतकार बिदुर राज गिरीले आफ्नै शब्दमा बाबुल गिरीको आबाजमा कलाकारहरुको वेदनालाई समेटिएको म्युजिक भिडियो ” ब्यथा” सार्वजनिक गरेका छन् ।

जुन गीतमा सीरुपाते जुँगाका गायक बाबुल गिरीले म्युजिक /स्वर /मिक्सिङ / मास्टरीङ गरेका छन् । नीकै मार्मिक शब्द तथा कथा बस्तुमा तयार गरिएको उक्त गीतमा सुबि म्युजिक प्रोडक्सनको प्रोप्राइटर सुजता गिरीको कथा लेखनमा, सह डाइरेक्सन सुरज ढकाल र चर्चित युवा डाइरेक्टर उमेश गुरुङको बेजोड प्रस्तुती रहेको छ ।

सर्वाधिक रुचाइएको टेलीचलचित्र “भुन्टिका” नायक बिनोद श्रेष्ठ , तथा “त्यागकी” नाइका स्वनिका बास्तोला, बाल कलाकार ब्रीजेस राज गिरी, सुजता गिरी स्वयम् बिदुर राज गिरी, प्रदिप राज गिरी, सुचना भट्ट, सरोज ढकाल, बिनोद ढकाल, पृथ्वी नारायण अधिकारि लगायत अन्य कलाकारहरुको बेजोड र मार्मिक कला प्रस्तुत गरिएको छ ।

कलाकर्मीको दुख र वेदनालाई झल्काउन खोजिएको उक्त म्युजिक भिडियो नीकै मार्मिक रहेको छ । यस अघि गिरीले गायक शिव परियारको आवाजमा ” लजालु नयन” प्रमोद खरेल र बानिका प्रधानको आवाजमा “शिव बम बम” साथै टीका बोम्जनको आवाजमा “पर्देशबाट तिमी फर्की आउ ” आफ्नै “बिदुर राज गिरी ” युटुब च्यानलबाट प्रसारण गरि सकेका छन् । यसका साथै अन्य गीतको पनि तयारी गरि रहेका बताएका छन । गिरी एक कुसल फिल्म स्कृप्ट लेखक पनि हुन् ।

भीडियाे निर्माणमा साथ र सहयोग गर्नु हुने उमेश गुरुङ, सुरज ढकाल र प्रदीप गिरीलाई निर्माण पक्षले धन्यवाद दिएको छ । आम मानिसहरुको पिडा र दुखले भरीएको उक्त म्युजिक भिडियो सबै दर्शकलाई हेरी साथ र हौसला दिनु हुन उनले बिनम्र अनुरोध पनि गरेका छन् ।

भिडियो हेनुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया