श्रावण १९, २०८३ मंगलबार August 4, 2026

ट्रेलरमा यस्तो देखियो फिल्म ‘हिँड्दा हिँड्दै’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आकाश श्रेष्ठ र रेखा शाहको शीर्ष भूमिकामा रहेको फिल्म ‘हिँड्दा हिँड्दै’को ट्रेलर सार्वजनिक भएको छ ।

फिल्मको सार्वजनिक ट्रेलरमा प्रेम र प्रेममा आउने उतारचढावलाई देखाइएको छ । फिल्म मिलन आले मगरले निर्देशन गरेका हुन् । भदौ १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्ममा सलोन बस्नेत, सानिया खान, विकास थापा मगर, विमल श्रेष्ठ र बाल कलाकारमा अर्विन थिङ्ग लगायतको अभिनय छ ।

नारायण सुशील पंगेनी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माणमा भएको फिल्ममा सुशील पंगेनीको लेखन तथा निर्माण छ ।

विमल श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा तारा प्रकाश र किरण माइकलको संगीत, कबिराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी र देव महर्जनको द्वन्द्व छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।

भिडियो हेर्नुहोस्ः

https://youtu.be/c7KoEiusPfw

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया