श्रावण १९, २०८३ मंगलबार August 4, 2026

हरिवंश आचार्यको ‘ए केटा मादलु पड्का’ गीत सार्वजनिक

हास्यकलाकार हरिवंश आचार्यले आफ्नो शब्द, स्वर र संगीतमा तयार गरेको ‘ए केटा मादलु पड्का’ गीत सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हास्यकलाकार हरिवंश आचार्यले आफ्नो शब्द, स्वर र संगीतमा तयार गरेको ‘ए केटा मादलु पड्का’ गीत सार्वजनिक भएको छ । अडियोसँगै भिडियो तयार गरेर सार्वजनिक गरिएको गीतमा हास्य कलाकार आचार्यलाई शान्तीश्री परियारले स्वरमा साथ दिएकी छन् ।

चितवनको एउटा जमघटमा फुरेको लयलाई गीतको रूपमा दिएको हास्यकलाकार आचार्यले जानकारी दिए । उनले भने, ‘मान्छेहरू गीत गाउँदै नाचिरहेको देखेँ । त्यही बेला अचानक मेरो दिमागमा एउटा लय फु¥यो । हत्तपत्त कोठामा गएँ । मोबाइलमा रेकर्ड गरेँ । लयसँगै शब्द पनि आयो– ए केटा मादलु पड्का, उफ्रिएर नाच्दिन्छु तीन झड्का ।’

यसरी फुरेको लय अरुलाई सुनाएपछि पाएको सल्लाहअनुसार नै गीत तयार गरिएको उनको भनाइ छ । ‘यो विशुद्ध नाच्न मन लाग्ने गीत हो । यसमा नाच्ने गाउने मान्छेले आफ्नो पेशाप्रति गर्व गरेको शब्द छ । सांस्कृतिक कार्यक्रम, बिहे व्रतबन्धलगायत समारोहतिर बढी घन्किन्छ’, हास्य कलाकार आचार्यले भने ।

गीतको तयार भएको भिडियोमा चुनावमा हुने विकृतिलाई व्यंग्य गरिएको छ । भिडियोमा हास्य कलाकार आचार्यलाई अभिनयमा अभिनेत्री प्रियंका कार्की र सरोज ओलीले साथ दिएका छन् ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया