भाद्र १, २०८३ सोमबार August 17, 2026

नेपाल टेलिकमको १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हरायो

टेलिकमले ५० रुपैयाँका दरको २० हजार थान रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः १० लाख रुपैयाँ बराबरको नमस्तेको रिचार्ज कार्ड हराएको छ । बुधबार एक सूचना जारी गर्दै नेपाल टेलिकमले ५० रुपैयाँका दरको २० हजार थान रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जानकारी दिएको हो ।

“यस कम्पनीको रु ५० दरको सि.नं. ११२२१२००१२७८०००१ देखि ११२२१२००१३८०००० सम्मका ‘नमस्ते’ ब्रान्डको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको हुँदा उक्त सिरियल नं. भएका रिचार्ज कार्डहरू खरिद तथा बिक्री वितरण नगर्नुहुन सम्पूर्ण ग्राहक तथा वितरकहरूमा अनुरोध गरिन्छ,” टेलिकमले जारी गरेको सूचनामा लेखिएको छ । यदि कतै भेटिएमा नजिकैको दूरसञ्चार कार्यालयमा बुझाइदिन टेलिकमले अनुरोध गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया