असार १, २०८३ सोमबार June 15, 2026

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्ल्याक डेथ’ का संक्रमित चीनमा भेटिए, कोरोना झै महामारीको रूपमा फैलिने खतरा

पोजेटिभ भेटिएका व्यक्तिको सम्पर्कमा आएका सबै शंकास्पदलाई पनि आइसोलेसनमा राखियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनको उत्तरी क्षेत्र भित्री मङ्गोलियामा बुबोनिक प्लेगका थप दुई घटना भेटिएपछि त्यहाँ हलचल मच्चिएको छ ।

गत अगस्ट ७ मा पहिलो केस फेला परेको एउटै परिवारमा यी दुवै नयाँ केस फेला परेको चिनियाँ सरकारले जनाएको छ । अहिले उनीहरुलाई आइसोलेसनमा राखेर निरन्तर निगरानी भइरहेको छ ।

डब्ल्यूएचओका अनुसार ‘बुबोनिक प्लेग प्लेगको सबैभन्दा सामान्य रूप हो तर यो निकै खतरनाक महामारीमा परिणत हुन सक्छ। मध्य युगमा यसले लाखाैं मानिसकाे ज्यान लिएकाे थियाे ।

विज्ञप्तिमा पोजेटिभ भेटिएका व्यक्तिको सम्पर्कमा आएका सबै शंकास्पदलाई पनि आइसोलेसनमा राखिएको बताइएको छ । सरकारका अनुसार पहिले श्रीमतीमा संक्रमण देखिएको थियो, त्यसपछि श्रीमान् र छोरीमा पनि लक्षण पोजेटिभ देखिएको थियो । तर, अहिलेसम्म सबै संक्रमित र उनीहरुको सम्पर्कमा आएका शंकास्पद व्यक्तिमा कुनै असामान्य लक्षण भने देखिएको छैन ।

उनीहरू सबैलाई औषधि दिइएको छ । अगस्टको पहिलो हप्तामा स्वास्थ्य आयोगले आफ्नो वेबसाइटमा बुबोनिक प्लेगको एक केसमा धेरै अंग विफलताका कारण एक बिरामीको मृत्यु भएको बताएको थियो। यो प्लेग संक्रमण मुसाबाट सर्छ।

डब्ल्यूएचओका अनुसार, ‘बुबोनिक प्लेग’ संक्रमित पिस्वाको टोकाइबाट हुन्छ। बुबोनिक प्लेग ब्याक्टेरियाको संक्रमणबाट हुने रोग हो। मध्य युगमा यसलाई ‘ब्ल्याक डेथ’ भनेर चिनिन्थ्यो। यसको मुख्य कारण प्लेग नामक ब्याक्टेरिया हो।

यहाँ ध्यान दिनु पर्ने कुरा यो हो कि यो ब्याक्टेरियल संक्रमण हो, भाइरस होइन । त्यसैले एन्टिबायोटिकबाट पनि यसको उपचार सम्भव छ । ‘बुबोनिक प्लेग’ ब्याक्टेरियाको संक्रमणको कारणले हुन्छ ।

यो एक विशेष प्रकारको ब्याक्टेरिया, यर्सिनिया पेस्टिसको संक्रमणबाट हुन्छ। यो रोग सामान्यतया मानिसको शरीरमा टोक्ने प्रकृति भएका जनावरहरूका कारण फैलिन्छ, जुन प्रायः पिसाको सम्पर्कमा आउँछन्। कहिलेकाहीँ यस्ता पिसाराले मानिसलाई टोक्ने पनि गर्छ, जसका कारण यसको संक्रमणको जोखिम बढ्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया