असोज १०, २०८३ शनिबार September 26, 2026

बाँके दुर्घटनाः घाइतेको निःशुल्क उपचार गर्न प्रचण्डको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका-२ मा हिजो राति भएको सवारी दुर्घटनाको खबरले आफू स्तब्ध भएको बताएका छन् ।

नेकपा अध्यक्ष दाहालले आज एक वक्तव्यमार्फत दुर्घटनामा परी निधन भएका प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका हुन् । उनले दुर्घटनामा घाइते भएका परिवारप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको निःशुल्क स्वाथ्योपचारको माग गरेका हुन्।

अध्यक्ष दाहालले जारी विज्ञप्तीमा भनेका छन्, “लकडाउनको समयमा तीव्र गतिका कारण हुने गरेका यस प्रकारका सवारी दुर्घटना रोक्न सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण पनि गराउँछु ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया