भाद्र १, २०८३ सोमबार August 17, 2026

भारतले आज चन्द्रयान–३ चन्द्रमाको सतहमा अबतरण गराउँदै

साँझ ६ बजेर ४ मिनेटमा चन्द्रयान ३ ले चन्द्रमाको सतहमा टेक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतले आज चन्द्रयान–३ चन्द्रमाको सतहमा अबतरण गराउँदैछ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को महत्वाकांक्षी तेस्रो चन्द्र अभियान बुधबार साँझ चन्द्रयान–३ को ल्यान्डर मोड्युल (एलएम) चन्द्रमाको सतहमा अवतरण गर्ने तयारी गरिएको छ।

Chandrayaan-3: UP govt schools to open on August 23 evening for live telecast of spacecraft landing - BusinessToday

यदि यसो भयो भने भारत पृथ्वीको एकमात्र प्राकृतिक उपग्रह चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वको पहिलो देश बनेर इतिहास रच्नेछ। ल्यान्डर (विक्रम) र रोभर (प्रज्ञान) सम्मिलित ल्यान्डर मोड्युलले बुधबार साँझ ६ः४५ मा चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्र नजिक सफ्ट ल्यान्डिङ गर्ने अपेक्षा गरिएको छ ।

Chandrayaan-3 landing countdown begins: Why the last 15 minutes will be crucial | EXCLUSIVE | Chandrayaan News – India TV

चन्द्रयान–३ मिसन चन्द्रमामा अवतरण गर्न र चार वर्षमा इसरोको दोस्रो प्रयासमा रोबोट लुनार रोभर अवतरण गर्न सफल भयो भने भारत अमेरिका, चीन र पूर्व सोभियत पछि चन्द्रमाको सतहमा सफ्ट ल्याण्ड गर्ने विश्वको पहिलो बन्ने छ भने देशहरुको हकमा भारत चौथो देश बन्नेछ।

Chandrayaan-3 Highlights: Vikram Lander scheduled to make soft landing at 6.04 pm on 23 August | Mint

अमेरिका, पूर्व सोभियत संघ र चीनले चन्द्रमाको सतहमा ‘सफ्ट ल्यान्डिङ’ गरे पनि चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा भने ‘सफ्ट ल्यान्डिङ’ भने भएको छैन। जो आज भारतले गर्दैछ ।

चन्द्रयान-३ आज चन्द्रमामा अवतरण गर्दै, विश्वभरबाट प्रतिक्षा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया