असार २१, २०८२ शनिबार July 5, 2025

सञ्चार मन्त्रालयले गर्यो यस्तो निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यौनजन्य अश्लिल सामग्रीको सहज पहुँचले नेपाली समाजको मूल्यमान्यता र सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता सामग्रीको प्रकाशन तथा प्रसारणमा रोक लगाएको छ ।

मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता गतिविधिले समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गरेकाले यौनजन्य अश्लिल सामग्रीको आदान प्रदान, प्रकाशन र प्रसारणलाई बन्देज लगाइएको जनाएको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र ढकालले इन्टरनेटको माध्यमबाट यस्ता यौनजन्य अश्लिल सामग्रीको नेपालभित्र पहुँचमा रोक लगाउन तथा त्यस किसिमका वेभसाइट बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको बताउनुभयो ।
मन्त्रालयले अश्लिल सामग्रीको विद्युतीय सञ्चार तथा इन्टरनेटका माध्यमबाट आदानप्रदान, प्रकाशन र प्रसारण नगर्न दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवाप्रदायक, सामाजिक सञ्जाल सञ्चालक तथा प्रयोगकर्ता सबैमा अनुरोधसमेत गरेको छ ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानूनले यौनजन्य तथा अश्लिल सामग्रीको प्रकाशन÷प्रसारणमा बन्देज लगाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार