मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

अमेरिकामा फुटबल म्याचमा गोली हानाहान, प्रहरी पनि संलग्न

घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः अमेरिकामा गोली हानाहानका घटना रोकिने नाम लिइरहेका छैनन् । पछिल्लो घटना ओक्लाहोमा हाई स्कूलको हो, जहाँ एक फुटबल खेलमा चार जनालाई गोली हानिएको थियो।

न्यूयोर्क पोस्टका अनुसार घटना स्थानीय समय अनुसार राति करिब १०ः३० बजे भएको थियो, जब चोक्टो हाई स्कूल र डेल सिटी हाई स्कूलबीच खेल चलिरहेको थियो।

कटौ प्रहरी प्रमुख केली मार्शलले घटनाका सम्बन्धमा शुक्रबार राति भएको गोली हानाहानमा चारजना घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको बताए । प्रहरीका अनुसार घाइतेमध्ये एक विद्यार्थी रहेका छन् । मार्सलका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको छ जबकी एकजना घाइते खतरामुक्त छन् ।

डेल सिटीका प्रहरी प्रमुख लोयड बर्गरले पत्रकारहरूसँगको कुराकानीमा भने,  ‘मलाई थाहा छ हाम्रा एक अधिकारी यसमा संलग्न छन्, जसको अनुसन्धान भइरहेको छ ।”

यससँगै उनले भने, ‘जहाँसम्म मलाई थाहा छैन उनी को हुन् ? हिर्काए वा के गरे ? उनले घटनापछि संदिग्ध घटनास्थलबाट फरार रहेको र अझै नियन्त्रणमा नआएको बताए । तर, उनीहरूको खोजी जारी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार