मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

दक्षिण अफ्रिका र भारत जान नचाहेका रुसी राष्ट्रपति पुटिन आगामी अक्टुबर चीन जान तयार

बीआरआईको कार्यक्रममा भाग लिन पुटीन चीन जाने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी अक्टुबर चीनको भ्रमणमा जाने तय भएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले पक्राउ पुर्जी जारी गरेपछि उनी हालसम्म कुनै देश भ्रमणका लागि गएका छैनन् । उनी हालै दक्षिण अफ्रिकाको जोहानेसबर्गमा सम्पन्न ब्रिक्स सम्मेलनमा उपस्थित भएनन् भने भारतमा आगामी महिना आयोजना हुने जी-२० सम्मेलनमा पुटिन सहभागी नहुने रुसको सरकारले बताइसकेको छ । तर, पुटिन अक्टोबरमा आयोजना हुने बेल्ट एन्ड रोड इनिसियटिभ बीआरआईको कार्यक्रममा भाग लिन चीन भने जाने भएका छन् ।

ब्लुमबर्गको रिपोर्टअनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले पुटिनलाई बीआरआई फोरमका लागि निम्तो दिएका छन् ।रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार पुटिनको चीन भ्रमणको तयारी भइरहेको छ । उनी भन्छन्, ‘चीन र रुसबीच धेरै विषयमा द्विपक्षीय छलफलबारे योजना बनिरहेको छ । यसबारे समय तोकिएपछि जानकारी दिनेछौँ ।’

पुटिन आफैँ बीआरआई फोरममा उपस्थित हुनेछन् । यसअघि ब्रिक्समा पुटिनको स्थानमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभ दक्षिण अफ्रिका गएका थिए । भारतको जी२० सम्मेलनमा पनि पुटिनको स्थानमा विदेशमन्त्री लाभरोभलाई नै पठाइने तय भएको छ ।

वास्तवमा गत मार्च १७ मा आईसीसीले पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि गिरफ्तार हुने त्रासकै कारण पुटिन दक्षिण अफ्रिका गएका थिएनन् । किनभने दक्षिण अफ्रिका आईसीसीमा आवद्ध राष्ट्र हो । पक्राउ पुर्जी जारी गरिएका व्यक्तिलाई गिरफ्तार गर्नु आईसीसी राष्ट्रको कर्तव्य मानिन्छ ।

तर, भारत आईसीसीको सदस्य राष्ट्र होइन । त्यहाँ आईसीसीको आदेशको पालना हुँदैन । रुसले पुटिन व्यस्त भएकाले जी-२० सम्मेलनमा आउन नसक्ने बताएको छ । जी-२० समूहमा अमेरिका, जर्मनी, फ्रान्स, बेलायतजस्ता नेटो राष्ट्र पनि आबद्ध छन् । यी राष्ट्रहरूले जी-२० सम्मेलनमा रुस र युक्रेन युद्धबारे पनि चर्चा गर्ने अनुमान छ ।

सुरुवातदेखि यी राष्ट्रहरूले रुसविरुद्धको युद्धमा युक्रेनलाई हतियार दिएर सहयोग गरिरहेको अवस्था छ । यदि पुटिन दिल्लीमा आयोजना हुने जी-२० सम्मेलनमा भाग लिए उनको अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत पश्चिमा राष्ट्रका शीर्ष नेताहरूसँग भेट हुने थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार