भाद्र ९, २०८३ मंगलबार August 25, 2026

कार्कीको पुस्तक ‘न्याय’को लोकार्पण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा ‘न्याय’ नामक पुस्तकको लोकार्पण गरिएको छ ।

शनिबार राजधानीको एक पाँचतारे होटलमा आयोजित विशेष कार्यक्रममा पुस्तकको विमोचन गरिएको थियो ।

पुस्तकमा कार्कीले आफू कलेजमा अध्ययनदेखि भारतको बनारसमा प्राप्त अनुभव तथा न्याय क्षेत्रमा प्रवेश गर्दादेखि न्यायाधीशनियुक्तिमा देखिएको चलखेल, भ्रष्टाचार, न्यायिक संस्थालाई कमजोर बनाउने प्रयास तथासमाजमा नैतिकवान पात्रको खडेरीजस्ता विषयलाई सरल भाषामा प्रस्तुत गरिएको छ ।

सो अवसरमा कार्कीले न्यायपालिका स्वतन्त्र भए मात्र लोकतन्त्र फस्टाउन सक्ने बताउँदैन्यायालयमा वकालत गर्दा कमीकमजोरी तथा सुधारको कुरा पुस्तकमा उतार्ने काम गरेकोबताउनुभयो ।

उहाँले कसैको चित्त दुखाउने मनसायले आफूले आत्मकथा नलेखेको स्पष्ट पार्दै न्यायालयमा स्वतन्त्र तथा निर्भिक न्यायाधीशको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो ।

शिक्षाविद् केदारभक्त माथेमाले पूर्वप्रन्या कार्की इमान्दार, निष्ठावान तथा निडर महिलान्यायमूर्ति भएको टिप्पणी गर्नुभयो । न्यायाधीश कार्कीका पति दुर्गा सुवेदीले सुशीला कार्कीको न्याय क्षेत्रमा महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ
२०८३ भाद्र ९, मंगलबार
राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण
२०८३ भाद्र ९, मंगलबार
सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल
२०८३ भाद्र ९, मंगलबार
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी
२०८३ भाद्र ९, मंगलबार
उनेपाले विद्युत् महसुलको भ्याट हटाउने, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता असुल्ने
२०८३ भाद्र ९, मंगलबार
प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही
२०८३ भाद्र ९, मंगलबार
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन
२०८३ भाद्र ९, मंगलबार