असोज ११, २०८३ आइतबार September 27, 2026

पूर्वमन्त्री राजदुत भेट्न लैनचाैरमा पुगेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेट गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘विषेश दूत’ बनेर गत आइतबार साँझ ७ बजे बाँस्कोटा भारतीय राजदूत क्वात्रासँग गर्न लैनचौरस्थित दूतावासमा पुगेका हुन् । बाँस्कोटा भारतीय राजदूतसँग भेट गर्न लैनचौरस्थित दूतावासमा गएको स्रोतले दाबी गरेको छ। बाँस्कोटा आफैँले क्वात्रासँग भेटको स्वीकार गरेका छन्।

‘सीमा विवादका विषयमा भारतसँग वार्ता गर्ने हाम्रो नीति नै हो। त्यसैले भेट गर्ने र छलफल गर्ने विषयलाई अस्वभाविक रुपमा लिनु हुँदैन,’ बाँस्कोटाले भने, ‘भेटेको विषयलाई अस्वभाविक लिने हो भने वार्ता हुँदैन, त्यसो हुँदा बन्दुक तेर्साउनु पर्छ त्यो क्षमता हामीसँग छैन।’

भारतीय राजदूतलाई सुरुमा बाँस्कोटाले दूतावास बाहिर कुनै ठाउँमा भेट्न आग्रह गरेको बुझिएको छ। तर भारतीय राजदूतले दूतावास बाहिर नभेट्ने बताएपछि बाँस्कोटा आफैँ दूतावास पुगेका थिए।

पछिल्लो समय नेपाल र भारबीचको सम्बन्ध चिसिएको छ। स्रोतका अनुसार भारतसँग बिग्रिएको पछिल्लो सम्बन्धलाई सुधार गर्न प्रधानमन्त्री ओलीले आफ्ना दूत खटाएका छन्। ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफलको वातावरण बनाउन पनि पहल गरिरहेका छन्।

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन कुराकानी गर्ने तयारी अघिल्लो साता भारतीय पक्षले अस्वीकार गरेपछि ओलीले मोदीको सम्पर्क सुत्रहरु खोज्दै दूतमार्फत सम्बन्ध सुधार गर्ने प्रयास थालेका हुन्।-इजेन वानन्युजबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार