असोज १३, २०८० शनिबार September 30, 2023

ब्राजिलमा विमान दुर्घटना हुँदा पाइलटसहित १४ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ब्राजिलको अमेजोनास राज्यमा शनिबार एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

राज्यको राजधानी मनौसबाट करिब ४०० किलोमिटर टाढा रहेको बार्सेलोसमा दुर्घटना भएको हो । मृत्यु हुनेमा अमेरिकी नागरिक पनि रहेको खबरमा उल्लेख छ ।

अमेजनस राज्यका गभर्नर विल्सन लिमाले सामाजिक सञ्जाल पोस्टमा भनेका छन्, ‘शनिबार बार्सिलोसमा भएको विमान दुर्घटनामा परी १२ जना यात्रु र दुई चालक दलका सदस्यको मृत्यु भएकोमा गहिरो दुःख लागेको छ। हाम्रा टोलीहरू आवश्यक सहयोग प्रदान गर्न काम गरिरहेका छन्। मृतकका परिवार र आफन्तहरुसँग मेरो समवेदना र प्रार्थना छ।’

यसअघि मानौस एरोट्याक्सी एयरलाइन्सले विमान दुर्घटनाको पुष्टि गर्दै घटनाको अनुसन्धान गरिरहेको बताएको थियो तर मृत्युबारे कुनै जानकारी दिएको थिएन।

एयरलाइन्सले एक विज्ञप्तिमा भनेको छ कि, ‘हामी यस कठिन समयमा दुर्घटनामा ज्यान गुमाउनेहरूको गोपनीयताको सम्मानमा भरोसा गर्दछौं र अनुसन्धान अगाडि बढ्दै जाँदा सबै जानकारी प्रदान गरिनेछ।’ एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया