श्रावण १९, २०८३ मंगलबार August 4, 2026

फिल्म ‘परदेशी २’ को गीत सार्वजनिक (भिडियो हेर्नुहोस्)

असोज २६ गतेदेखि प्रदर्शनमा आउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ को नयाँ गीत सार्वजनिक गरिएको छ।

बुधबार म्युजिक नेपाल युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘हिजो काम आज काम, काम विदेशमा’ बोलको गीत सार्वजनिक गरिएको हो।

प्रशान्त तामाङको स्वर रहेको गीतको भिडियोमा फिल्मका कलाकार प्रकाश सपूत, दीलिप रायमाझी, रमा थपलियालगायतलाई प्रस्तुत गरिएको छ।

फिल्ममा अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरूको कथालाई समेटिएको छ।  फिल्म असोज २६ गतेदेखि प्रदर्शनमा आउनेछ ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया