काठमाडौंः वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा भएको ड्रोन आक्रमणमा कम्तिमा ३ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । इजरायली सेनाका प्रवक्ताकाअनुसार जेनिन शरणार्थी शिविरमा कारबाही गरिएको थियो ।

उत्तरी वेस्ट बैंकमा अवस्थित लडाकुहरूको गढ रहेको सो क्षेत्रमा आक्रमण गरिएको थियो । इजरायलीहरूविरुद्धको आक्रमणमा संलग्न भएको आशंकामा सेनाले दुई प्यालेस्टाइनी नागरिकलाई पक्राउ गरेको छ । इजरायली सेना भने सकुशल रहेको सेनाका प्रवक्ताले बताए । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया