मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

रुसी बिदेश मन्त्रीको आरोप, ‘जेलन्स्की संसारभरवाट पैसा र हतियार मागिरहेका छन्

युक्रेनले शान्तिका लागि गरेको आह्वान यथार्थपरक नभएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः रुस र युक्रेन विरुद्ध संघर्ष जारी छ। दुवै देश एकअर्काविरुद्ध आक्रामक रहेका छन् ।

यसैबीच संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका रुसी विदेशमन्त्रीले सो युद्धका बारेमा टिप्पणी गरेका छन् । सो क्रममा उनले युक्रेन र अमेरिकामाथि खुलेर आक्रमण गरेका छन् ।

उनी भन्छन्, ‘जेलेन्स्की शान्ति प्रक्रियामा मुलुकलाई लैजान भन्दा पनि उनी संसारभर पैसा र हतियार मात्र मागिरहेका छन् ।’

शनिबार संयुक्त राष्ट्र संघको महासभा पछि पत्रकार सम्मेलनमा बोल्दै रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनले शान्तिका लागि गरेको आह्वान यथार्थपरक नभएको बताए । ‘जेलेन्स्कीले रुससँगको वार्ता अवरुद्ध गर्न खोजेका छन तर रूस भने युक्रेनी सरकारसँग वार्ता गर्न तयार छ । यति हुदाँहुदैँ पनि जेलेन्स्कीले संसारभरि पैसा र हतियारको लागि मात्र सोधिरहेको छ।’

लाभरोभले युक्रेनलाई समर्थन गर्ने सरकारहरू अहिले विश्वलाई नै लोकतन्त्र र निरंकुशतामा विभाजन गर्ने प्रयासमा संलग्न रहेको बताए। अमेरिका र त्यसका मातहतका पश्चिमी समूहहरूले निरन्तर द्वन्द्वलाई बढावा दिइरहेकाे उनकाे थप आराेप छ । यसले मानवतालाई विभाजित गर्ने रूसकाे भनाइ छ ।

उनले आर्मेनिया र अजरबैजानबीच विश्वास पुनर्स्थापित गर्ने समय आएको बताए। रूसी सेना यसका लागि तयार छ र मद्दत गर्नेछ भन्न पनि छुटाएनन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार