श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

मध्यरातदेखि नै टिकट लिनेको भीड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । व्यवसायीहरुले केही ढिलो गरि दशैमा घर जानेहरुका लागि आजदेखि अग्रिमटिकट बुकिङ खुला गरेपछि बसपार्कसहित अन्य स्थानहरुमा टिकट लिनेको भीड लागेको छ ।

गोँगबुस्थित नयाँ बसपार्कमा राती दुई बजेबाट नैटिकटका लागि यात्रुहरु आइपुगेको बसपार्कमा कार्यरत गोपाल श्रेष्ठले युग खबरलाई बताए ।

यातायात व्यवस्था विभाग रयातायात व्यवसायीबीच भएको सहमति अनुसार आजबाट टिकट खोलिएको हो । दशप्रतिशत भाडा वृद्धि गरेपछि अग्मि टिकट खोल्न व्यवसायीहरु सहमत भएका थिए ।

राष्ट्रिय यातायात व्यवसायी महासंघले आफु मातहतका सबै समिति वा कम्पनीहरुलाई आजबाट टिक बुकिङ खोल्न दिर्नेशन दिएको समितिका सचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

महासंघको निर्देशन पछि स्वर्गद्धारी यातायात व्यवसायी संघ प्यूठान, जलजला यातायातरोल्पा, राप्ती अञ्चल व्यवसायी संघ दाङ, बडीमालिका यातायात धनगढी, बटालियन यातायात प्रालि रुकुम, मेची अग्नी यातायात, आयुष यातायात प्रालिलगायतले असोज ५ गतेदेखि नै अग्रिम टिकट बुकिङ खोलेका थिए ।

आज डँडेल्धुरा, बाजुरा, बझाङ, कैलाली,धनगढी, महेन्द्रनगर, दार्चुला, झापा, मोरङ, सुनसरी, ताप्लेजुङलगायत लामो दूरीमा चल्ने बसको टिकट वितरण भएको हो ।

कतिपय समितिहरुले भने आज पनि अग्रिम टिकट खोलेकाछैनन् । पश्चिम नेपाल यातायात व्यवसायी संघले टिकट नखुलाउँदा पश्चिम नेपालका पाल्पा,गुल्मी, अर्घाँखाची, बुटवल, भैरहवालगायतका जिल्लामा जाने यात्रुले टिकट नपाएर रित्तै घर फर्किएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वदेशकै श्रमबजारलाई आकर्षक बनाउनुपर्छः मन्त्री यादव
२०८३ श्रावण २९, शुक्रबार
‘कांग्रेस एकजुट बनाउन राष्ट्रिय भेला’ : पूर्वमहामन्त्री कोइराला
२०८३ श्रावण २९, शुक्रबार
सुदूरपश्चिमका मुख्यमन्त्री र एमालेका चार मन्त्रीले लिए शपथ
२०८३ श्रावण २९, शुक्रबार
जेन–जी आन्दोलनका घाइते तथा सहिद परिवारसँगको सम्झौता कार्यान्वयनका लागि सहजीकरण समिति गठन
२०८३ श्रावण २९, शुक्रबार
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो: सभामुख अर्याल
२०८३ श्रावण २९, शुक्रबार
दूरसञ्चार सेवाको गुणस्तर सुधार र दुर्गममा पहुँच विस्तार गर्न सञ्चारमन्त्रीको कडा निर्देशन
२०८३ श्रावण २९, शुक्रबार
प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता
२०८३ श्रावण २९, शुक्रबार