भाद्र २, २०८३ मंगलबार August 18, 2026

इजरायल र गाजामा गुगल म्याप्सको लाइभ ट्राफिक अप्सन बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गुगलले आफ्नो म्याप्स एपमा इजरायल र गाजा क्षेत्रमा भएको लाइभ ट्राफिक अवस्था देखिने फिचर अस्थायी रूपमा बन्द गरेको छ । इजरायलले गाजा क्षेत्रमा आक्रमण गर्ने अपेक्षा गरिएको बेला कम्पनीले यस्तो कदम चालेको हो ।

“हामीले द्वन्द्वको स्थिति र त्यस क्षेत्रमा विकसित अवस्थाको प्रतिक्रिया रूपमा स्थानीय समुदायहरूको सुरक्षालाई ध्यानमा राखेर लाइभ ट्राफिक अवस्था र व्यस्तताको जानकारी हेर्ने सुविधा अस्थायी रूपमा डिसेबल गरेका छौं,” गुगलले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

Waze, Google Maps suspend live traffic reports - Globes

यससँगै प्रयोगकर्ताले म्याप्स प्रयोग गर्न सक्ने र बाटोको डिरेक्सन पनि थाहा पाउन सक्ने तर कुन सडकमा ट्राफिक कत्तिको व्यस्त छ भन्ने कुराको जानकारी नपाउने कम्पनीले उल्लेख गरेको छ ।

अहिले हमास र इजरायलबीच भइरहेको द्वन्द्वका विषयमा गुगलले स्थानीय सरोकारवालासँग मिलेर काम गरिरहेको जानकारी दिएको छ । लाइभ ट्राफिक देखिने फिचर बन्द गर्ने निर्देशन इजरायल वा गाजाले दिएको हो वा होइन भन्ने विषयमा आधिकारिक जानकारी आइसकेको छैन ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सका अनुसार यसअघि गुगलले युक्रेन र रुसमा पनि लाइभ ट्राफिक देखिने सुविधा बन्द गरेको थियो । इजरायलको स्थानीय सञ्चारमाध्यम गिकटाइमले सोमबार गुगलले लाइभ ट्राफिक अवस्थाको जानकारी दिन बन्द गरेको पत्ता लगाएको थियो ।

यससँगै बाटोको लाइभ ट्राफिक देखिने अन्य प्लेटफर्मबाट पनि यो फिचर अस्थायी रूपमा हटेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार