भाद्र ३, २०८३ बुधबार August 19, 2026

एम थ्री चिपको प्रयोग गरिएको एप्पलको नयाँ आइप्याक कम्प्युटर सार्वजनिक

२४ इन्चको रेटिना डिस्प्लेयुक्त यो आइम्याक एम थ्रीको मूल्य कति ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकी कम्पनी एप्पलले २४ इन्चको नयाँ आइप्याक कम्प्युटरको सार्वजनिक गरेको छ ।

सन् २०२१ मा सार्वजनिक भएको आइम्याककै अद्यावधिक संस्करणको रुपमा रहेको यो कम्युटरमा एम थ्री चिपको प्रयोग गरिएको छ । त्यसैले यो कम्प्युटरको स्पीड अघिल्लो संस्करणको तुलनामा दोब्बर रहेको दाबी एप्पलको छ ।

एप्पलले ८ कोर तथा १० कोर जिपियु गरी दुई मोडेल ल्याएको छ । नयाँ आइम्याकको स्पीड अघिल्लो संस्करणको तुलनामा दोब्बर हुनुका साथै ऊर्जा दक्षतामा पनि अधिक रहेको बताइएको छ । २४ इन्चको रेटिना डिस्प्लेयुक्त यो आइम्याक एम थ्रीको ८ कोर जिपियु मोडेलमा अक्टाकोर सिपियु, ८ जिबी र्याम र २५६ जिबी एसएसडी स्टोरेज उपलब्ध छ। साथै यसमा दुईवटा थन्डरबोल्ट पोर्ट, म्याजिक किबोर्ड तथा म्याजिक माउस नि हरेको छ । यसको मूल्य १२ सय ९९ डलर तोकिएको छ ।

24-inch iMac | M1, Colors, Features

त्यस्तै १० कोर जिपियु मोडेलमा पनि अक्टाकोर सिपियु, ८ जिबी र्याम तथा २५६ जिबी एसएसडीका साथै दुई थन्डरबोल्ट पोर्ट, दुईवटा अतिरिक्त युएसबी थ्री पोर्ट, टच आइडी सहितको म्याजिक किबोर्ड, म्याजिक माउस तथा गिगाबिट इथरनेट समेत रहेको छ । यो मोडेलको मूल्य १४९९ डलर तोकिएको छ।

एप्पलका अनुसार नयाँ आइम्याकमा ४.५ के स्क्रिन रिजोलुसन हुनुका साथै ५०० निट्सको पिक ब्राइटेन रहेको छ । कनेक्टिभिटीको कुरा गर्दा यसमा वाइफाइ ६ ई, ब्लुटुथ ५.३ तथा चारवटा युएसबी टाइप सी पोर्ट रहेका छन् । यो आइम्याक हरियो, गुलाबी, निलो, पहेँलो, बैजनी र चाँदी रङमा उपलब्ध रहेको छ।

यो कम्प्युटरमा १०८० पिक्सेल फेसटाइम क्यामरा तथा ६ वटा स्पिकर राखिएको छ । यसमा Spatial Audio तथा Dolby Atmos को सपोर्ट छ। यो फिचरले आवाजको आउटपुटलाई उत्कृष्ट बनाउँछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमतीमा एमालेलाई मुख्यमन्त्री, नेकपालाई सभामुख र राप्रपालाई तीन मन्त्रालयको भागवण्डा
२०८३ भाद्र ३, बुधबार
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता
२०८३ भाद्र ३, बुधबार
दुर्गा प्रसाईंको राजनीतिक स्वार्थका कारण धर्नामा रहेका नागरिकको जीवन सङ्कटमा
२०८३ भाद्र ३, बुधबार
युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बेलायतको प्रतिबद्धता
२०८३ भाद्र ३, बुधबार
निर्णय नमान्ने बागमतीका सांसद कारबाहीका भागीदार : लिङदेन
२०८३ भाद्र ३, बुधबार
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णय
२०८३ भाद्र ३, बुधबार
‘बालश्रमसम्बन्धी विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८३ भाद्र ३, बुधबार