असोज २७, २०८३ मंगलबार October 13, 2026

यस्तो छ भक्तपुर प्रहरीको सुरक्षा रणनीति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर,दशैतिहार लक्षित गर्दै भक्तपुर प्रहरीले आफ्नो सुरक्षा रणनीति सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले दशैँ तिहारमा भक्तपुरलाई शान्त र सुरक्षित राख्न सुरक्षा रणनीति सार्वजनिक गरेको हो ।

प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले शुक्रबार आफ्ना रणनीति सार्वजनिक गर्दै नागरिकलाई सुरक्षाको अनुभुति हुनेगरि रणनीतितयार पारिएको जानकारी दिनुभयो ।

परिसरले दशै तिहारमा मोबाइल भ्यान, मोटरसाइकल,स्ट्राइकिङ, रिजर्भ, सिआरभी, सादा पोशाक, नाका चेकप्वाइन्ट, चोरी तथा लुटपाट नियन्त्रण२४ घण्टे एम्बुस, सवारी साधनमा पकेटमारी नियन्त्रण, शक्तिपीठ तथा मन्दिरमा दर्शनार्थीको सुरक्षाका लागि सादा पोशाकमा प्रहरी परिचालन गर्ने तयारी गरेको उहाले जानकारी दिनुभयो ।

यस्तै प्रहरीले सार्वजनिक गरेको सुरक्षा रणनितीमा सार्वजनिक स्थान, सार्वजनिकसवारी साधन, निजी आवास, व्यापारिकस्थल, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल,आर्थिक कारोबार हुने ठाउँ, मठमन्दिर, बस्तीलगायतका स्थानमा उच्च सतर्कता अपनाइ सुरक्षा व्यवस्थालाई कडा पार्ने रहेको छ ।

प्रहरीले घरेलु मदिरा, जुवातास, लङ्गुरबुर्जालगायतसामाजमा विकृति ल्याउने गतिविधिलाई पूर्णरूपमा निषेध गर्ने रणनीति पनि लिएको छ ।

आवश्यकताअनुसार जगाती चेक प्वाइन्टलागायतका नाका, व्यापारिक स्थान तथा अन्यस्थानमा तालीम प्राप्त कुकुरको प्रयोग गरी स्निफिङ व्यवस्था गरिने, विगतमा अपराध गरीफरार, सजाय भुक्तान गरेका, अदालतबाट छुटेका र अन्य आपराधिक गतिविधिमा लागेकाको पहिचान गरी निगरानी बढाउने भएको छ ।]

प्रहरीले ग्रामीण क्षेत्रमा मोबाइल तथा पैदल गस्तीबढाउने, छड्के चेकिङ गर्ने, होटल, लज, रेष्टुराँ, पुलहाउसलाई निगरानी बढाउने, टोल–टोलमा प्रहरी कार्यक्रम सञ्चालन गर्ने तयारी पपनि गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु अन्यायका कारण नेपालले विपद् भोग्नुपरेको हो : संयोजक प्रचण्ड
२०८३ असोज २७, मंगलबार
नेपाली कांग्रेस महाधिवेशन : महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित
२०८३ असोज २७, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट
२०८३ असोज २७, मंगलबार
पीडितको हितमा सरकारले सक्दो प्रयास गरिरहेको छ : मन्त्री पौडेल
२०८३ असोज २७, मंगलबार
कांग्रेस जनसम्पर्क समितिको निर्वाचन परिणाम सार्वजनिक, विभिन्न क्षेत्रबाट नयाँ नेतृत्व चयन
२०८३ असोज २७, मंगलबार
सभामुख अर्याल स्वदेश फिर्ता
२०८३ असोज २७, मंगलबार
गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८३ असोज २७, मंगलबार