असोज ११, २०८३ आइतबार September 27, 2026

विदेशमा रहेका नेपाली ल्याउन विमान र तालिका सार्वजनिक, कुन देशमा कहिले उडान ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

२९ जेठ, काठमाडौं । कोरोनाको महामारीमा विदेशमा अलपत्र परेका नेपालीलाई सरकारले धमाधम ल्याउन थालेको छ । नेपाली र विदेश एयरलाइन्स सञ्चालन गरी नेपाल ल्याउन थालिएको हो । विहीबार कुवेतबाट ३०० नेपाली नेपाल फर्किदैछन् भने बुधवार पनि २ सय नेपाल फर्केका छन् ।

विदेशमा अलपत्र परेका नेपालीहरुलाई ल्याउन सरकारले भाडासहितको जहाज र तालिका सार्वजनिक गरेको छ । नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्स जहाजबाट नेपाल ल्याइदैछ भने विदेशी एयरलाइन्सलाई पनि आउने अनुमति संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको छ । नेपाल एयरलाइन्सले २४ र हिमालय एयरलाइन्सले १९ उडान गर्ने तालिका सार्वजनिक भएको छ ।

नेपाली दूतावासमा नाम लेखाएकाहरुलाई पहिलो प्राथमिकतामा राखेर सरकारले नेपाल ल्याउन लागेको हो । त्यसपछि फर्किने नेपालीले कोरोनाको परीक्षण अनिवार्य गराउनु पर्नेछ । कोरोना परीक्षणको प्रमाण पत्र पेश गरेपछि मात्र नेपाल ल्याउन तयारी गरिएको छ ।

सरकारले पहिलो विमान बंगलादेश पठाउने भएको छ । ३२ जेठमा पहिलो उडान हुने भएको छ । नेपाल वायुसेवा निगमको जहाजले पहिलो उडान भर्नेछ। १ असारमा मलेसिया, साउदी अरब, सिंगापुर, कम्बोडिया र ओमनबाट एक–एक उडान भर्ने भएको छ । २ असारमा युएई, कतार, कुवेत र श्रीलंकामा एक–एक उडान र असार ३ गते अस्ट्रेलिया, बैंकक, बहराइन, बंगलादेश, कतार र अमेरिकामा एक–एक उडान भर्ने तालिका सार्वजनिक गरेको छ ।

४ असारमा साउदी अरब, युएई, मलेसिया र ओमनमा एक–एक उडान, ५ असारमा जापान, कुवेत, साउदी अरब र नाइजेरिया उडान हुनेभएको छ । ६ असारमा साइप्रस, मलेसिया, कतार, युएई, बंगलादेश र युरोपमा एक–एक चार्टर उडान हुने छ भने ७ असारमा दक्षिण कोरिया, ओमन, कुवेत, मलेसियाबाट दुई–दुई चार्टर उडान हुनेछन्।

८ असारमा अस्ट्रेलिया, बैंकक, पाकिस्तान र कतारबाट एक–एक चार्टर उडान हुनेछ भने ९ असारमा जापान, माल्दिभ्स, यूएई र युगान्डाबाट दुई–दुई उडान हुनेछन्। १० असारमा साउदी, कुवेतबाट दुई–दुई उडान र ११ असारमा अमेरिका र साइप्रसबाट एक–एक उडान हुने मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार