श्रावण १९, २०८३ मंगलबार August 4, 2026

‘पर्खी बसेँ तिमीलाई’ मा किरण र रक्षाको रोमान्स

चलचित्रमा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सनविक्रम राई, सुनिता श्रेष्ठलगायतका कलाकारको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पुस २७ गते प्रदर्शन हुने चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ मा समावेश शीर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रमोद खरेल र अनु चौधरीको स्वर, महेश खड्काको सङ्गीत र कृष्णहरि बरालको शब्द रहेको छ । हिमाली तथा पहाडी भूभागको रमणीय दृश्यमा छायाङ्कन गरिएको गीतमा चलचित्रमार्फत डेब्यु गर्दै गरेका अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकी देखिनुभएको छ ।

गीतमा प्रेम र समर्पणलाई चित्रण गरिएको छ । दीपक श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलरमा हाँसो, रोदन, एक्सन, बिछोडलगायतका कुराको मिश्रण छ ।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त ब्यानरमा निर्माण गरिएको चलचित्रमा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सनविक्रम राई, सुनिता श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।

राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सहनिर्माण रहेको चलचित्रमा शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भूपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार