श्रावण १९, २०८३ मंगलबार August 4, 2026

​​​​​​​रणवीर कपुरको सिंघम लुक्स, के रोहित शेट्टीसँग सहकार्यमा हाे ?

रणवीरका नयाँ तस्विरहरु बाहिर आएसँगै फ्यानहरुको उत्साह बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुम्बइ, १९ पुस । यतिबेला सुपरस्टार रणवीर कपुरको नाम फिल्म ‘एनिमल’ को सफलताका कारण लगातार चर्चामा छ ।

निर्देशक सन्दीप रेड्डी वांगाको यो फिल्ममा रणवीरको अभिनयलाई लिएर सबै पागल बनेका छन् । एनिमल पछि रणबीर कपुरको आगामी फिल्मको प्रतिक्षामा सबै जना छन् ।

यसैबीच, सामाजिक सञ्जालमा रणवीर कपूरका केही नदेखेका तस्बिरहरू सार्वजनिक भएका छन्, जसमा उनी प्रहरीको वर्दीमा देखिएका छन् । विशेष कुरा के छ भने यी तस्बिरमा उनीसँगै निर्देशक रोहित शेट्टी पनि देखिएका छन् ।

रणवीरका नयाँ तस्विरहरु बाहिर आएका छन्, जसलाई हेरेर फ्यानहरुको उत्साह बढ्दै गएको छ । वास्तवमा, फिल्म ज्ञानले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलमा रणवीर कपूर र रोहित शेट्टीको नदेखेको तस्बिर साझा गरेको छ। यी तस्विरहरूमा रणवीर प्रहरीको वर्दीमा देखिएका छन् ।

अभिनेताको सिंघम लुक निकै आकर्षक देखिन्छ । यी तस्बिरहरू हेरेर रणवीर निर्देशक रोहित शेट्टीको कप एनिवर्सरीमा सहभागी हुन सक्ने अनुमान गरिएको छ । तर, यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन । केही फ्यानहरूले यी तस्बिरहरू विज्ञापन फोटोसुटका क्रममा खिचिएको विश्वास गर्छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार