श्रावण १९, २०८३ मंगलबार August 4, 2026

गरिमा शर्मालाई फिल्म डेब्युमा सकस : घोषणामा नाम आउँछ, सुटिङमा अरु नै

गरिमाले अभिनय गर्ने भनेर समाचारमै आएका फिल्म थिए, दौँतरी, ह्रस्वदीर्घ र राजमहल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः म्युजिक भिडियोबाट चलचित्रमा छलाङ लगाउनेमा गरिमा शर्माको पनि नाम थियो ।

अघिल्लो पुस्ताका हिरोइनहरु विवाह गरेर घरजममा व्यस्त हुन थालेपछि निर्माताहरु नयाँ हिरोइनको खोजीमा थिए जसमध्ये धेरैको आँखा गरिमा शर्मामा थियो । नभन्दै धेरै निर्माताले गरिमालाई लिएर फिल्म बनाउने घोषणा पनि गरे । तर अहिलेसम्मको अवस्था के छ भने गरिमाले जम्मा एउटा फिल्ममा अभिनय गरिन्, बाँकी भने समाचारमै सीमित रहे ।

गरिमाले डेब्यु गरेको पहिलो फिल्म ‘लन्डन टु पेरिस’ थियो । तर नेपालबाट लन्डनसम्म पुगेको यो फिल्मको गाडी पेरिस पुग्न नसक्दा अलपत्र छ । अर्थात् यो फिल्मको लन्डनको भागको सुटिङ त सकिएको छ तर पेरिसको भाग बाँकी छ । यही कारण उनको डेब्यु फिल्म अड्किएकै अवस्थामा छ ।

यसपछि गरिमा नाम तीनवटा फिल्ममा आयो । उनले अभिनय गर्ने भनेर समाचारमै आएका फिल्म थिए, दौँतरी, ह्रस्वदीर्घ र राजमहल । आर्यन सिग्देलको पनि अभिनय रहने भनिएको दौँतरी अहिलेसम्म फ्लोरमै निस्किन सकेको छैन भने गरिमा ह्रस्वदीर्घबाट बाहिर भइसकेकी छिन् । स्रोतका अनुसार यो फिल्ममा गरिमा नीता ढुंगानाको दिदीको रुपमा अभिनय गर्नेवाला थिइन् । तर यो फिल्मको सुटिङ बीचैमा रोकिए । अहिले चितवनतिर यो फिल्मको सुटिङ भइरहेको छ तर फिल्ममा गरिमा छैनन् ।

यसपछि केही दिनसम्म गरिमाको नाम राजमहलमा पनि आएको थियो । रमेश उप्रेती र आँचल शर्माको मुख्य भूमिका रहने फिल्ममा गरिमाको पनि अभिनय रहने चर्चा थियो । तर घोषणा हुँदा गरिमाको नाम हट्यो । बरु टिकटकर मिस पबी फिल्ममा डेब्यु गर्ने घोषणा भयो । यसरी हेर्दा गरिमालाई अभिनेत्री बन्न गाह्रै भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार