श्रावण १९, २०८३ मंगलबार August 4, 2026

गोल्डेन ग्लोबमा ‘ओप्पनहाइमर’को दबदबा, सिलियन र एम्मा उत्कृष्ट कलाकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लसएन्जल्स, २३ पुस । नेपाली समय अनुसार सोमबार बिहान सम्पन्न गोल्डेन ग्लोब अवार्डमा धेरैको अपेक्षा अनुरुप क्रिस्टोफर नोलानको ‘ओप्पनहाइमर’ले सर्वाधिक ४ विधामा अवार्ड जितेको छ ।

अणु बमका आविष्कारक जे रबर्ट अप्पनहाइमरको जीवनीमा आधारित चलचित्रले दोस्रो विश्वयुद्धको समय र त्यसपछिको समयको उनको मनस्थितिलाई दर्साएको छ ।

हलिउड फरेन प्रेसले आयोजना गर्ने गोल्डेन ग्लोबमा यो चलचित्रले उत्कृष्ट चलचित्रसँगै निर्देशक, अभिनेता,सहायक अभिनेता र संगीत विधाका अवार्ड जितेको हो । यो चलचित्र १० विधामा मनोनयनमा थियो ।

चलचित्रबाट निर्देशक क्रिस्टोफर नोलानले उत्कृष्ट निर्देशकको अवार्ड जिते भने सिलियन मर्फीले उत्कृष्ट अभिनेताको अवार्ड जिते । रबर्ट डाउनी जुनियरले सहायक अभिनेतातर्फ उत्कृष्ट ठहरिए । ६ पटक गोल्डेन ग्लोबको मनोनयनमा परेका निर्देशक नोलानले पहिलोपल्ट अवार्ड जितेका हुन् ।

‘ओप्पनहाइमर’ बराबर नै विधामा मनोनयनमा परेको ‘बार्बी’ले भने दुइटा अवार्डमा नै चित्त बुझाउनु पर्यो । चलचित्रले यही साल थपिएको ‘सिनेमाटिक एन्ड बक्स अफिस एचिभमेन्ट’ विधाको अवार्डमा जित्यो भने  बिल्ली एलिस र फिनिएसको गीतले पनि अवार्ड जित्यो ।

यो चलचित्रलाई कमेडी विधातर्फको अभिनेत्री विधामा दाबेदार मानिएको थियो । ग्रेटा गेरविग निर्देशित यो चलचित्रमा मार्गरेट रोबीले उत्कृष्ट अभिनय गरेकी थिइन् । तर भेनिसको ८३ औँ संस्करणमा उत्कृष्ट मानिएको चलचित्र ‘पुअर थिंग्स’की अभिनेत्री एम्मा स्टोनले यो पुरस्कार हात पारिन् ।

उनको यो दोस्रो गोल्डेन ग्लोब अवार्ड हो । ड्रामा तर्फको अभिनेत्रीको अवार्ड भने ‘किलर्स अफ दि फ्लवार मुन’का लागि लिली ग्लाडस्टोनले जितिन् । गोल्डेन ग्लोबमा कान्स विजेता ‘एनाटोमी अफ फल’ले पनि दुइटा अवार्ड हात पार्यो । चलचित्रले गैर अंग्रेजी विधाको फिल्ममा अवार्ड जित्यो भने उत्कृष्ट पटकथाको अवार्ड पनि यही चलचित्रले पायो । सोमबार टेलिभिजन र फिचर फिल्म गरी ३० विधामा अवार्ड वितरण गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार