श्रावण १९, २०८३ मंगलबार August 4, 2026

शाहरूखकाे ‘डंकी’ ले कमायाे ४३६ कराेड बढी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुम्बई, २३ पुस । राजकुमार हिरानी निर्देशित फिल्म  ‘डंकी’ शाहरुख खानको सन् २०२३ को तेस्रो हिट फिल्म हो।

यसअघि किंग खानको पठान र जवानले बक्स अफिसमा धमाका मच्चाएको थियो । तर, ‘डंकी’ को कमाइको गति पठान र जवानको जत्तिको थियो । यसको एउटा कारण सालारसँग प्रभासको प्रतिस्पर्धा चर्कै थियो। यति हुँदाहुँदै पनि  ‘डन्की’ले देश र विश्वमा राम्रो कलेक्सन गरेको छ ।

‘डंकी’ ले रिलिज भएको तेस्रो आइतबार कति कलेक्सन गर्‍यो त ? जानौं ।

शाहरुख खानको   ‘डंकी’ पारिवारिक कमेडी फिल्म हो । किंग खानको यो फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ र योसँगै यसले उत्कृष्ट कलेक्सन पनि गरेको छ । चलचित्रले अपेक्षाअनुरुप व्यापार गर्न नसके पनि घरेलु बजारमा २ सय करोडको आँकडा पार गरि विश्वभर ४ सय करोडभन्दा बढी कलेक्सन गरेको छ ।

फिल्मको कमाईको कुरा गर्दा २९.२ करोडको ओपनिङ गरेको  ‘डंकी’ ले घरेलु बजारमा पहिलो साता १६०.२२ करोड कमाएको थियो । दोस्रो हप्तामा फिल्मले ४६.२५ करोड कमाएको थियो । फिल्मले रिलिजको तेस्रो शुक्रबार २.२५ करोड कमाएको छ भने तेस्रो शनिबार  ‘डंकी’ को कलेक्सन ६० प्रतिशतले बढेर ३.६ करोड पुगेको छ । अब फिल्मको रिलिजको १८ औं दिन अर्थात तेस्रो आइतबारको कमाईको प्रारम्भिक तथ्यांक आएको छ ।

‘डिंकी’ले विश्वभर राम्रो व्यापार गरिरहेको छ र विश्वभर बक्स अफिसमा राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्मले रिलिज भएको १७ दिनमै विश्वभर राम्रो कलेक्सन गरेको छ । रेड चिली इन्टरटेनमेन्टले साझा गरेको तथ्यांक अनुसार यो फिल्मले रिलिज भएको १७ दिनमा ४३६.४० करोड कमाएको छ । फिल्मले १८ औं दिनमा ४४० करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार