कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

४० दिनमा रणवीर कपुरको एनिमल ९०० करोडको क्लबमा

रणवीर कपुरको ‘एनिमल’ ले विश्वव्यापी बक्स अफिसमा धमाकेदार कीर्तिमान बनाउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुम्बई, २६ पुस । रणवीर कपूरको फिल्म ‘एनिमल’ रिलिज भएको ६ हप्ता भैसकेको छ र आज पनि यो फिल्मले बक्स अफिसमा कमाइ गरिरहेको छ ।

पहिलेको तुलनामा फिल्मको दैनिक कलेक्सनमा ठूलो गिरावट आएपनि रणवीर कपुरको ‘एनिमल’ ले विश्वव्यापी बक्स अफिसमा धमाकेदार कीर्तिमान बनाउँदै गएको छ । जान्नुहोस् यो फिल्मले हालसम्म विश्वभर कति करोडको व्यापार गरेको छ ।

डंकी र सालार जस्ता ब्लकबस्टर फिल्महरूको बीचमा रणवीर कपूरको ‘एनिमल’ ले बक्स अफिसमा लगातार कमाई गरिरहेको छ। सकनिल्कको रिपोर्टका अनुसार रणवीर कपूरको फिल्म ‘एनिमल’ ले बक्स अफिसमा ९०० करोडको विश्वव्यापी कलेक्सन गरेर इतिहास रचेको छ । यी ४० दिनको कमाईको तथ्याङ्क हुन्। रणवीर कपुरले फिल्म ‘एनिमल’ मार्फत यो ठूलो कीर्तिमान आफ्नो नाममा बनाएका छन् ।

रणवीर कपुरको ‘एनिमल’ ले भारतमा पनि राम्रो कमाइ गरिरहेको छ । सकनिल्कका अनुसार फिल्मले पछिल्लो ४० दिनमा भारतमा ५५१.२१ करोड कमाएको छ ।  ‘पठान’ र ‘गदर २’ को कमाईको रेकर्ड पनि एनिमलले भारतमा राखेको छ । बलिउड हंगामाको रिपोर्ट अनुसार किंग खानको ‘पठान’ ले ५४३.०५ करोड र सनी देओलको  ‘गदर २’ ले ५२५.४५ करोडको व्यापार गरेको थियो । अब घरेलु बक्स अफिसमा ६४३.८७ करोड कमाउने शाहरुख खानको ‘जवान’को रेकर्ड ‘एनिमल’ले तोड्छ कि सक्दैन ? त्यो हेर्न बाँकी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार