कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

सृष्टि र महेशको चलचित्र ‘११.५५’ को सुटिङ सकियो

प्रधुम्न मिश्र र रामशरण उप्रेतीको छायांकन रहेको चलचित्रलाई भदौमा प्रदर्शन गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ , २६ पुस  । ११.५५ मा घट्ने घटनाको वरिपरि रहेर निर्माण गरिएको चलचित्र ‘११.५५’ को सुटिङ सकिएको छ । निर्माण टिमले निर्धारित समयभन्दा तीन चार दिन अघि नै फिल्मको सुटिङ सकाएको जानकारी गराएको हो । बुधबार मात्र निर्माण टिमले इन्ड क्ल्याप गर्दै फिल्मका कलाकार तथा प्राविधिकलाई धन्यवाद दिएको थियो ।

सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, सागर खनाल र करिष्मा श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्रलाई केशव पाण्डेले निर्देशन गरेका हुन् । अष्ट्रेलियाको मेलबर्न बस्ने पाण्डेको यो डेब्यु निर्देशन हो । फिल्मलाई पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवाली मिलेर लेखेका हुन् । फिल्ममा एमएस अग्रजले अभिनय पनि गरेका छन् ।

प्रधुम्न मिश्र र रामशरण उप्रेतीको छायांकन रहेको चलचित्रलाई भदौमा प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमको रहेको छ । निर्देशक पाण्डेले चलचित्र थ्रिलर विधामा बनेको बताउँदै विधागत फिल्म निर्माणमा यसले छाप छाड्नसक्ने विश्वास व्यक्त गरे ।

सृष्टि श्रेष्ठले पनि चलचित्रमा काम गर्दा रमाइलो भएको बताउँदै दर्शकलाई पनि निराश नबनाउने बताइन् ।‘मैले ड्रामा र लभस्टोरी विधाका चलचित्रमा धेरै काम गरेकी थिएँ । थ्रिलर मेरा लागि नयाँ विधा थियो । यही कारण पनि म उत्साहित छु । त्योभन्दा पनि सुटिङ गरुन्जेल मलाई एकदमै मजा आएको थियो । आशा छ दर्शकलाई पनि आउँछ,’ उनले भनिन् । सृष्टिको अभिनय रहेको नयाँ फिल्म ‘ दि रेड सुटकेस’ आउँदो नयाँ वर्षमा प्रदर्शन हुँदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार