श्रावण १९, २०८३ मंगलबार August 4, 2026

‘कम ब्याक’ का लागि संघर्ष गर्दै अघिल्लो पुस्ताका हिरो, कोही बाबु बन्दै कोही निर्देशक

सार्वजनिक जीवनमा चलचित्र उद्योगका सबैभन्दा ठूला स्टार हुन् राजेश हमाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ २९ पुस ।  कुनै समय नेपालमा भविष्य नदेखेर विदेश पलायन भएका हिरोहरु यतिबेला नेपाली चलचित्र उद्योगमा फर्कन संघर्षरत छन् । यसका लागि कोही निर्देश कबनेर कमब्याक गर्ने तयारी गरिरहेका छन् त कोही भूमिका परिवर्तन गरेर । यो सूचीमा राजेश हमाल, निखिल उप्रेती विराज भट्टदेखि राजबल्लभ कोइराला र जीवन लुइँटेलसम्म पनि समावेश छन् ।

सार्वजनिक जीवनमा चलचित्र उद्योगका सबैभन्दा ठूला स्टार हुन् राजेश हमाल । अहिले पनि उनी उभिँदा दर्शकको ताँती लाग्छ । तर अभिनेता हमाललाई दर्शकले ‘बागमती’पछि ठूलो पर्दामा देख्न पाएका छैनन् । त्यसयता बागमतीमा धेरै पानी बगिसकेको छ । यही बीचमा हमालमाथि महानायकदेखि अनेक विवाद निस्किएका छन् । यो क्रेजलाई पैसामा रुपान्तरण गर्न थुप्रै निर्माता निर्देशक ताते पनि हमालले नयाँ फिल्म खेल्न सकेका छैनन् । ‘सत्यम्’ भन्ने फिल्मको घोषणा भएर कार्यशालासमेत भएको थियो तर अन्तिममा यो फिल्म फ्लोरमा जानै सकेन । फेरि पनि राजेश हमालको कमब्याक अनिश्चित नै छ ।

निखिल उप्रेतीले करिब १० वर्षअघि ‘भैरव’ फिल्मबाट अभिनेतासँगै निर्देशकको रुपमा कमब्याक गर्ने प्रयास गरे । फिल्मको हाइप पनि राम्रै थियो । तर लामो समय मुम्बई बसेर फर्किएका निखिलले बदलिएका दर्शकको रुचि बुझ्नै सकेनन् । आफूले उद्योग छाड्दाको धङधङी छाड्न नसकेका उनले पुरानै ढर्रा छाडेका थिएनन् । यसले नयाँ पुस्ताका दर्शक फिल्म हेर्नै गएनन् । यसपछि उनले अभिनेताको रुपमा मात्र ‘रुद्र’ ‘पिंजडा ब्याक अगेन’ जस्ता चलचित्रमा काम गरे । तर यी कुनै पनि फिल्म दर्शकले रुचाएनन् ।

अहिले निखिल फेरि एक पटक निर्देशकको रुपमा आउने तयारी गरिरहेको समाचार छ । श्रोतका अनुसार निखिल अहिले परिवारलाई नै खेलाएर ‘गुगल मम’शीर्षकमा फिल्म बनाउने तयारी गरिरहेका छन् । अर्थात् कुनै समय एक सेड्युलमा तीन चारवटा फिल्म खेल्ने निखिललाई नेपाली चलचित्रमा कमब्याक गर्न सकस भइरहेको छ ।

निखिलझैँ कुनै समय व्यस्त रहने विराज भट्टको पनि अवस्था यही छ । नेपाली फिल्म चटक्क छाडेर भोजपुरी फिल्म खेल्न थालेका उनले पनि ‘जय परशुराम’मार्फत् दमदार कमब्याकको अपेक्षा गरेका थिए तर यो फिल्मले पनि अपेक्षित परिणाम दिएन । यसपछि विराज भट्ट आफैँ निर्देशक बनेर आफ्नो उद्धार गर्न तम्सिए । उनले अभिनयसँगै निर्देशन पनि गरेर ‘साङ्लो’ सार्वजनिक गरे । तर यो फिल्मले पनि स्टारडम फर्काउने उनको प्रयास सफल बनाउन सकेन ।

विराज भन्दा पहिला नै नेपाली चलचित्रमा डेब्यु गरेर धाक जमाएका रमित ढुंगाना पनि बीचैमा नेपाली चलचित्र उद्योग छाडेर अमेरिका हान्निएका थिए । बीचमा उनले ‘बुद्ध बर्न इन नेपाल’ चलचित्रमार्फत् कमब्याकको प्रयास गरे । तर फिल्मले न कसैको तािरफ पायो न दुई पैसा कमायो । रमित पनि अहिले निर्देशक बनेर कमब्याकको प्रयास गरिरहेका छन् । एसिड आक्रमण पीडित मुस्कान खातुनको जीवनीमा बन्ने सिनेमालाई रमित आफैँले निर्देशन गर्न लागेको चर्चा छ ।

रमितभन्दा सिनियर रमेश उप्रेती पनि भर्भराउँदो करिअर छाडेर अमेरिका हान्निएका थिए । अमेरिकाबाट फर्किएर उनले ‘ऐश्वर्य’ भन्ने सिनेमा निर्माण र अभिनय गरे । गीतले राम्रै चर्चा पाएको फिल्मले औसत व्यापार गर्दा पनि दोस्रो फिल्मका लागि भने उनलाई कसैले सम्झिएनन् । ‘ऐश्वर्य’ प्रदर्शन भएको जुग बितेपछि बल्ल रमेश उप्रेतीले ‘राजमहल’ भन्ने सिनेमा पाएका छन् ।

रमेश उप्रेतीको ठाउँ लिँदै उद्योगमा जमेका राजबल्लभ कोइराला र जीवन लुइँटेल पनि अहिले चलचित्र उद्योगमा फर्कन लालायित छन् । तर दुवैको चाहाना अझै पूरा हुन सकेको छैन ।  राजबल्लभले ‘कामिनो’बाट कमब्याक गर्ने हल्ला थियो तर यो फिल्म बन्दै नबने भएर प्रदीप खड्का अरु फिल्मतिर लागिसकेका छन् । अहिले फेरि राजबल्लभको नाम प्रदीप खड्काकै ‘एक्टर’ भन्ने फिल्ममा आइरहेको छ । सूत्रका अनुसार राजबल्लभ कोइराला यसमा आनाका पिताको भूमिकामा देखिँदैछन् ।

जीवन लुइँटेल पनि अब फिल्ममा फर्कन आतुर छन् । यसका लागि उनले आफू निकट निर्देशकहरुसँग हाइहेल्लो गर्न थालेका छन् । तर उनलाई मुख्य भूमिकामा लिएर फिल्म बनाउने जोखिम लिने निर्माता– निर्देशक पाइन्छ भन्नेमा सायद जीवननै विश्वस्त नहोलान् ।

त्यसो त यहीँ बसेर संघर्ष गरिरहेका आर्यन सिग्देलको अवस्था पनि फरक छैन । आर्यनलाई लिन हानाथाप गर्ने निर्माताहरु अहिले सकभर उनको छेऊ पर्दैनन् । एकपछि अर्को फिल्म फ्लप हुँदै गएपछि आर्यन पनि यतिबेला कमब्याककै लागि संघर्ष गरिरहेका छन् ।
यसरी हेर्दा हिरोहरुलाई नेपाली चलचित्रमा कमब्याक गर्न सजिलो देखिएको छैन । एकाध फिल्ममा काम गरे पनि उनीहरुले पुराना दिन फर्काउन सक्छन् भन्ने सायद कसैलाई भरोसा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार