काठमाडौंः गायक सविन सुवेदी र गायिका स्मिता दाहालको स्वरमा तिम्रो र मेरो बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतलाई अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका गीतकार गोपाल लोहारले लेखेका हुन् भने वरिष्ठ संगीतकार रञ्जित गजमेरले संगीतवद्द गरेका हुन् । सन् ८० को दशकको झझल्को दिने गरि तयार पारिएको म्युजिक भिडियोमा प्रभात पाल ठकुरी र सलिना खत्री फिचर्ड छन् ।
श्याम तामाङले छायाँकन गरेको यस भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन् । हेमन लामिछानेको कोरियोग्राफी रहेको यस गीतको भिडियोलाई श्याम लामा र जेबिआर सनमको सयुक्त निर्देशनमा तयार पारिएको हो। भीमा लोहार निर्मात्री यस गीतको भिडियोलाई गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया